एजेन्सी । बायर्न म्युनिखका स्टार स्ट्राइकर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केनले प्रतिष्ठित फुटबल अवार्ड ‘बालन डी’ओर २०२६’ जितेका छन् । लण्डनमा आयोजित एक भव्य समारोहका बीच उनलाई यो अवार्ड प्रदान गरिएको हो । यस ऐतिहासिक सफलतासँगै केन २५ वर्षपछि यो उपाधि हात पार्ने पहिलो इंग्लिस खेलाडी बन्न सफल भएका छन् ।
यसअघि सन् २००१ मा माइकल ओवेनले इंग्ल्यान्डका लागि यो प्रतिष्ठित अवार्ड जितेका थिए । त्यसयता कुनै पनि इंग्लिस खेलाडीले यो ट्रफी जित्न सकेका थिएनन् । गत सिजन बायर्न म्युनिख र राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै ७३ गोल गरेका केनलाई फ्रान्सेली म्यागजिन ‘फ्रान्स फुटबल’ ले यस वर्षको बालन डी’ओर प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )