Trending
Prev Story
Next Story

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Arthasansar •
October 27, 2026 • 02:32 AM
3
3 reads 0 reactions

राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज २९ गतेबाट ऋणपत्र निष्कासन गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकले ‘आबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गरेको हो। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख ऋणपत्र जारी गरेको छ ।

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ। सार्वजनिक निष्कासन गरिने कुल इकाइमध्ये बैंकले ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ११ लाख ४० हजार इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ।

यो ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्। यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
3d ago
हिम पर्वतको स्थानीय आईपीओमा मंसिर १० सम्म आवेदन दिन पाइने

हिम पर्वतको स्थानीय आईपीओमा मंसिर १० सम्म आवेदन दिन पाइने

काठमाण्डौ । हिम पर्वत हाइड्रोपावरले दोलखाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुलाएको प्राथमिक सेयर (आईपीओ)मा...

#आवेदन
Compare →
Hamro Patro News
4d ago
स्वदेश फर्किन हसिनाले दिइन् राहदानी आवेदन, बंगलादेश भन्छ- अपराधीलाई फिर्ता ल्याउन पासपोर्ट चाहिँदैन

स्वदेश फर्किन हसिनाले दिइन् राहदानी आवेदन, बंगलादेश भन्छ- अपराधीलाई फिर्ता ल्याउन पासपोर्ट चाहिँदैन

काठमाडौं- भारतमा बस्दै आएकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किन नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) बनाउन दिल्लीस्थित बंगलादेश उच्च आयोगमा आवेदन दिएकी छन् । बंगलादेशमा...

#आवेदन
Compare →

Related Stories

Business & Economy
Build #2612