काठमाडौँ । कार्तिक शुक्ल पञ्चमीका दिनमा आज छठका व्रतालु निर्जल उपवास बसी ‘खरना’ को विधि पूरा गर्दैछन् । निर्जल उपवास बसेका व्रतालुले आज बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाना खान्छन् ।
सोही विधिलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आएका छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले बताए । पञ्चमीका दिन आज राजधानीमा छठ मनाइने गुह्येश्वरी, गौरीघाट क्षेत्र, वाग्मती नदी किनारको थापाथली, टेकु, वंशीघाट र कमलपोखरीमा विशेष चहलपहल बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )