Trending
Prev Story
Next Story

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

Onlinekhabar •
November 14, 2026 • 01:31 AM
3
3 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । आदिदेव सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना मनाइन्छ …

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

२८ कात्तिक, काठमाडौं । आदिदेव सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना मनाइन्छ ।

दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रूपमा घरपरिवारका सदस्यहरूले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन छ ।

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने आस्थाको महापर्व छठ हिजो शुक्रबारदेखि नहाय खाय विधिबाट सुरु भएको छ । पहिलो दिन ब्रतालुहरूले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन् ।

तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । आइतबार छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ्य दिइन्छ । यो दिनलाई सौझकारक पनि भनिन्छ । सोमबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व समापन हुनेछ ।

छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई पारन भनिन्छ ।

यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ्य दिने ब्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रूपमा मानिन्छ ।

सरकारले छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
छठ पर्वको दोस्रो दिन : आज मनाइँदै छ ‘खरना’

छठ पर्वको दोस्रो दिन : आज मनाइँदै छ ‘खरना’

महोत्तरी- मधेसको प्राचीन मिथिला क्षेत्रमा चार दिने छठ पर्वको उल्लास छाएको छ। पर्वको दोस्रो दिन आज बर्तालुहरू ‘खरना’ विधिको तयारीमा छन्। यसअघि शुक्रबार बर्तालुले ‘नहाय-खाय’ विधि पूरा गर्दै व्रत सङ्क...

#खरना #पर्व
Compare →
Arthasansar
3h ago
छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको...

#खरना #पर्व
Compare →
Ekantipur
4h ago
छठ पर्व अन्तर्गत आज ‘खरना’

छठ पर्व अन्तर्गत आज ‘खरना’

शुक्रबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका ब्रतालुहरूले शनिबार ‘खरना’ विधि गर्दै छन्।

#खरना #पर्व
Compare →
Nagarik News
5h ago
सद्भाव र समृद्धिको संगम छठ

सद्भाव र समृद्धिको संगम छठ

सन्तान प्राप्ति, सन्तानको सुख–समृद्धि तथा पतिको दीर्घायुको कामना गर्दै सूर्य भगवानकाे उपासना गरी मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको छ।

#गरी #पर्व
Compare →
Bizshala
1d ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व
Compare →

Related Stories

Business & Economy
Build #2612