Trending
Prev Story
Next Story

आमादब्लम हिमालमा जर्मन आरोहीको मृत्यु

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१० कात्तिक, काठमाडौं । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर अग्लो हिमालको शिखर चुमेर फर्किने क्रममा उनी करिब एक हजार ५०० मिटर तल खसेका थिए । आइतबार …

आमादब्लम हिमालमा जर्मन आरोहीको मृत्यु

१० कात्तिक, काठमाडौं । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर अग्लो हिमालको शिखर चुमेर फर्किने क्रममा उनी करिब एक हजार ५०० मिटर तल खसेका थिए ।

आइतबार आमादब्लम हिमालको चुचुरोमा पुगेका ती आरोहीको सोमबार मृत्यु भएको हो । उनको शव सोमबार नै खोजी टोलीले फेला पारेको स्थानीय व्यवस्थापनको जिम्मा लिएको कम्पनी रियल हिमालय प्रालिका प्रमुख गोकुल थापाले बताएका छन् ।

थापाले लुक्लाबाट दिएको जानकारी अनुसार शव हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर पोस्टमार्टम गरिनेछ ।

सगरमाथा रहेको सोलुखुम्बु जिल्लामा पर्ने आमादब्लम हिमाल आरोहीमाझ लोकप्रिय गन्तव्य हो । चालु शरद् ऋतुको आरोहण सिजनमा आमादब्लम आरोहणका लागि ३०० भन्दा बढी आरोहीले अनुमति लिएका छन् । सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई नेपालमा मुख्य शरद् आरोहण सिजन मानिन्छ ।

यसअघि गत साता पश्चिम नेपालको गंगापूर्णा हिमालमा दुई जापानी आरोहीको मृत्यु भएको थियो ।

यसै वर्ष पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ब्रड पिक हिमालमा हिमपहिरो मा परी चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जनाले ज्यान गुमाएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । शुक्र...

#मृत्यु
Compare →
Ekantipur
20h ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#मृत्यु
Compare →
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#मृत्यु
Compare →

Related Stories

World News
Build #2612