टेनेरिफका फरवार्ड जेसस डे मिगुएलको मृत्यु हुनेगरी मैदानमा भएको खतरनाक ठक्करपछि स्पेनिस फुटबल महासंघको अनुशासन समितिले एफसी एन्डोराका गोलकिपर जेसस ओवोनोलाई १२ खेलको प्रतिबन्ध लगाएको छ।
गत नोभेम्बर २ मा स्पेनिस दोस्रो डिभिजनको खेलको अन्तिम समयमा २५ वर्षीय ओवोनो र ३० वर्षीय डे मिगुएलबीच मैदानमै ठक्कर भएको थियो। उक्त घटनालगत्तै ओवोनोलाई रातो कार्ड देखाएर मैदानबाहिर पठाइएको थियो भने गम्भीर घाइते भएका डे मिगुएलको भोलिपल्टै मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )