Trending
Prev Story
Next Story

मिठाईको उपभोग्य मिति अनिवार्य खुलाउन व्यवसायीलाई सरकारको निर्देशन

Nagarik News •
October 16, 2026 • 10:59 AM
3
3 reads 0 reactions

विभागले शुक्रबार णजारी गरेको सूचनाअनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग भएका सामग्रीबारे उपभोक्तालाई सुसूचित गराउनुपर्नेछ।

मिठाईको उपभोग्य मिति अनिवार्य खुलाउन व्यवसायीलाई सरकारको निर्देशन

मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई यस्तो विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा राख्न निर्देशन दिएको हो।

विभागले शुक्रबार णजारी गरेको सूचनाअनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग भएका सामग्रीबारे उपभोक्तालाई सुसूचित गराउनुपर्नेछ।

निर्देशनअनुसार मिठाईमा प्रयोग गरिएको मुख्य कच्चा पदार्थको मिश्रण, कुन तेल वा घिउ प्रयोग गरिएको हो, मिठाई कहिलेसम्म उपभोग गर्न सकिन्छ र प्रतिकिलो मूल्य कति हो भन्ने विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। यस्तो व्यवस्था होटल, मिठाई पसल तथा मिठाई भण्डारलगायत मिठाई बिक्री वितरण गर्ने व्यवसायीका लागि लागू हुनेछ।

विभागले निर्देशन पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने जानकारी समेत दिएको छ।

त्यसैगरी, विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताका आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत विभागले आग्रह गरेको छ।

प्रकाशित: ३० आश्विन २०८३ १६:४४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
9h ago
‘राजखानी’को माला लगाएर भिडियो बनाउने मासु व्यवसायीलाई १० हजार जरिवाना

‘राजखानी’को माला लगाएर भिडियो बनाउने मासु व्यवसायीलाई १० हजार जरिवाना

बुटवल । खसीबोकाको अङ्ग गलामा भिरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने एक मासु व्यवसायी विवादमा परेका छन् । अस्वाभाविक र असभ्य शैलीमा भिडियो बनाएर टिकटक तथा फेसबुकमा सार्वजनिक गरेपछि उनको चौतर्फी आ...

#व्यवसायी
Compare →
Onlinekhabar
1d ago
‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

२७ कात्तिक, काठमाडौं । जेएनयू, नयाँदिल्लीबाट समाजशास्त्रमा पिएचडी गरेका दिनेश प्रसाईंले लामो समय त्रिविमा राजनीतिक समाजशास्त्र पढाए । पर्यटन उद्यमी बन्दै गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष चयन भएका उनले अनलाइनखबरसँग यो लामो अन्तर्वार्तामा लिबरल डेमोक्रेसी अर्थात् उदार …

#व्यवसायी
Compare →

Related Stories

National (Nepal)
Build #2612