एन्थ्रोपिकको क्लाउड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ।
Read full story at source ( deshsanchar.com )
एन्थ्रोपिकको क्लाउड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ।
एन्थ्रोपिकको क्लाउड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ।
Read full story at source ( deshsanchar.com )
Compare how 4 other independent news outlets reported on this story.
नेपालको आर्थिक विकाससम्बन्धी बहसमा लामो समयदेखि पूर्वाधार निर्माण, जलविद्युत् उत्पादन, पर्यटन विस्तार, वैदेशिक लगानी आकर्षण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिँदै आएको छ। यी सबै विषय नेपालको समृद्धिका लागि उत्तिकै महत्त्वपूर्ण छन्। तर अब एउटा नयाँ एजेन्डालाई विकासको केन्द्रमा राख्न आवश्यक छ- हामीले निर्माण गर्ने पूर्वाधार, स्थापना गर्ने उद्योग र परिचालन गर्ने लगानीलाई कसरी प्रविधिमैत्री, प्रतिस्पर्धी, उत्पादनशील र भविष्यका लागि तयार बनाउने ? विश्व अर्थतन्त्र एआई, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स, औद्योगिक स्वचालन, बिग डेटा, क्लाउड कम्प्युटिङ र स्मार्ट उत्पादन प्रणालीको प्रभावबाट तीव्र रूपमा परिवर्तन भइरहेको छ। उत्पादन लागत घटाउने, गुणस्तर सुधार गर्ने, ऊर्जा खपत कम गर्ने, आपूर्ति शृङ्खला प्रभावकारी बनाउने र नयाँ बजारमा प्रवेश गर्ने प्रतिस्पर्धा अब परम्परागत उत्पादन क्षमतामा मात्र सीमित छैन। उद्योगले प्रविधिलाई कति प्रभावकारी रूपमा प्रयोग गर्न सक्छ भन्ने विषय पनि उत्तिकै निर्णायक बनेको छ। यस्तो अवस्थामा नेपालका लागि कृत्रिम बुद्धिमत्ता र उद्योग ४.० मा लगानी गर्नु केवल आधुनिक प्रविधि भित्र्याउने विषय होइन। यो नेपालको औद्योगिकीकरणको आधार बलियो बनाउने, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मकता बढाउने, नयाँ रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने रणनीतिक अवसर हो। नेपालले यो अवसरलाई समयमै पहिचान गर्न सकेमा सीमित औद्योगिक आधारबाट पनि प्रविधिमा आधारित नयाँ विकासको बाटो खोल्न सक्छ। तर त्यसका लागि ठूला पूर्वाधार परियोजनादेखि साना तथा मझौला उद्योग, वैदेशिक प्रत्यक्ष लगानीदेखि स्वदेशी उद्यमशीलता र सङ्घीय सरकारदेखि नगरपालिका तथा गाउँपालिकासम्म सबै तहमा एकीकृत दृष्टिकोण आवश्यक छ। मेसिन खरिद गर्नु मात्र होइन प्रविधिमा लगानी उद्योग ४.० लाई बुझ्दा प्रायः रोबोट, स्वचालित मेसिन, सेन्सर, कम्प्युटर र अत्याधुनिक उत्पादन उपकरणको चर्चा गरिन्छ। तर उद्योग ४.० को अवधारणा यतिमा मात्र सीमित छैन। यसले उत्पादन प्रक्रिया, प्रविधि, सङ्गठनात्मक संरचना र उत्पादन तथा सेवाको स्वरूपलाई एकीकृत रूपमा रूपान्तरण गर्ने दृष्टिकोणलाई समेट्छ। उदाहरणका लागि, कुनै उद्योगले आधुनिक मेसिन खरिद गर्दैमा त्यो उद्योग स्वतः स्मार्ट उद्योग बन्दैन। उक्त मेसिनलाई उत्पादन प्रणालीसँग कसरी जोडिएको छ, उत्पादनसम्बन्धी तथ्याङ्क कसरी सङ्कलन गरिन्छ, कर्मचारीले प्रविधि प्रयोग गर्न कति क्षमता राख्छन्, व्यवस्थापनले तथ्याङ्कका आधारमा निर्णय गर्छ कि गर्दैन र ग्राहकको मागअनुसार उत्पादन प्रक्रिया कति छिटो परिवर्तन गर्न सकिन्छ भन्ने विषय बढी महत्त्वपूर्ण हुन्छन्। कृत्रिम बुद्धिमत्ताले यस प्रक्रियालाई अझ प्रभावकारी बनाउन सक्छ। उत्पादन उपकरणमा जडान गरिएका सेन्सरबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेर मेसिन बिग्रिनुअघि नै मर्मतको आवश्यकता पहिचान गर्न सकिन्छ। उत्पादनमा देखिने त्रुटि पहिचान गर्न, कच्चा पदार्थको खपत अनुमान गर्न, गोदाम व्यवस्थापन सुधार गर्न र बजारको मागअनुसार उत्पादन योजना बनाउन सकिन्छ। नेपालका उद्योगमा यसको सम्भावना उल्लेखनीय छ। खाद्य प्रशोधन, औषधि उत्पादन, सिमेन्ट, फलाम तथा स्टिल, कपडा, गलैँचा, …
एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...
सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेका छन्, जसले पृथ्वीका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र उपलब्ध गराउन सक्छन्