Trending
Prev Story
Next Story

अमेरिकी मध्यावधि निर्वाचनमा एआई र क्रिप्टो क्षेत्रका दाताले खन्याए चन्दा

Ekantipur •
October 26, 2026 • 03:30 PM
3
3 reads 0 reactions

अमेरिकी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दल र उम्मेदवारहरूलाई ठूलो रकम चन्दा दिने शीर्ष दाताका रूपमा एआई र क्रिप्टो क्षेत्रका प्रमुख उद्यमीहरू

अमेरिकी मध्यावधि निर्वाचनमा एआई र क्रिप्टो क्षेत्रका दाताले खन्याए चन्दा

अमेरिकी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दल र उम्मेदवारहरूलाई ठूलो रकम चन्दा दिने शीर्ष दाताका रूपमा एआई र क्रिप्टो क्षेत्रका प्रमुख उद्यमीहरू

काठमाडौँ — अमेरिकी मध्यावधि निर्वाचनको मिति नजिकिँदै जाँदा त्यहाँका धनाढ्य तथा अर्बपतिले राजनीतिक दल र उम्मेदवारलाई धमाधम चन्दा दिइरहेका छन् ।

विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कदेखि प्रविधि क्षेत्रका प्रमुखहरूले यो निर्वाचनलाई अहिलेसम्मकै सबैभन्दा महँगो बनाउन अर्बौं डलर चन्दा खन्याइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको चारवर्षे कार्यकालको ठीक बीच अर्थात् दुई वर्ष पूरा भएपछि मध्यावधि निर्वाचन हुने गर्छ । नोभेम्बर ३ मा हुन लागेको यस निर्वाचनमा संघीय संसद्का प्रतिनिधि चयन हुँदै छन् । यसलाई वर्तमान राष्ट्रपतिको कार्यशैलीमाथि जनताको प्रतिक्रिया बुझ्ने जनमतसंग्रहका रूपमा हेर्ने गरिन्छ ।

समाचार संस्था एएफपीले अमेरिकी संघीय निर्वाचन आयोग (एफईसी) को तथ्यांक विश्लेषण गर्दै निर्वाचनमा शीर्ष १५ ठूला दाताले १ अर्ब ५० करोड डलरभन्दा बढी चन्दा दिइसकेको उल्लेख गरेको छ ।

गैरनाफामूलक संस्था ‘इस्यु वान’का निर्देशक माइकल बेकलले एएफपीसँगको कुराकानीमा यो निर्वाचन अमेरिकी इतिहासकै सबैभन्दा खर्चिलो मध्यावधि निर्वाचन बन्न लागेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार प्रविधि र क्रिप्टोकरेन्सी क्षेत्रका दाताहरूले भविष्यमा आफू अनुकूलका नीति बनाउन सजिलो होस् भनेर राजनीतिमा उल्लेख्य रकम खन्याइरहेका छन् ।

अर्बपति इलन मस्कको चन्दाका विषयमा फरक–फरक सञ्चारमाध्यमले उनको चन्दा दानका फरक–फरक विवरण प्रस्तुत गरेका छन् । एएफपीका अनुसार मस्कले यस निर्वाचनका लागि हालसम्म ३६ करोड ५० लाख डलरभन्दा बढी सहयोग गरेका छन् ।

अर्कोतर्फ, प्रविधि केन्द्रित सञ्चारमाध्यम ‘वायर्ड’ ले निर्वाचन आयोगकै तथ्यांक विश्लेषण गर्दै मस्कले रिपब्लिकन समर्थक समूहलाई कुल ४४ करोड ५० लाख डलरभन्दा बढी दिइसकेको उल्लेख गरेको छ ।

मस्कको यो सहयोग कुनै पनि मध्यावधि निर्वाचनको इतिहासमै कुनै एक व्यक्तिले गरेको सबैभन्दा ठूलो चन्दा भएको ब्लुमबर्ग टेलिभिजनकी कर्पोरेट लबिइङ पत्रकार एमिली बर्नबाउमको भनाइ छ ।

‘केही वर्षअघि मात्रै इलन मस्कले रिपब्लिकन पार्टी छाड्ने बताएका थिए । तर अहिले यही पार्टीलाई समर्थन दर्शाउने गरी उनले सर्वाधिक चन्दा दिएका छन्,’ एमिली भन्छिन्, ‘यसले अन्तिम समयमा आएर कि त रिपब्लिकन प्रतिस्पर्धालाई सुपरचार्ज गर्नेछ वा यसले रिपब्लिकनहरूलाई बचाउन केही पनि नगर्ने सम्भावना छ ।’

वायर्डका अनुसार मस्कको निजी राजनीतिक समिति ‘अमेरिका प्याक’ले अक्टोबरको पहिलो दुई सातामै ७ करोड ६० लाख डलरभन्दा बढी रकम खर्च गरेको छ । विशेषगरी टेक्ससको सिनेट दौडमा यस समितिले १ करोड ५२ लाख डलर खन्याएको छ ।

यसमध्ये १ करोड २४ लाख डलर डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोविरुद्ध र २८ लाख डलर रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको समर्थनमा खर्च गरिएको छ ।

मस्कको यो आक्रामक वित्तीय हस्तक्षेपको आलोचना गर्दै डेमोक्रेटिक उम्मेदवार टालारिकोले भनेका छन्, ‘कुनै एक खर्बपतिलाई आफ्नै व्यक्तिगत अमेरिकी सिनेटर किन्न दिने हाम्रो राजनीतिक प्रणालीमै गम्भीर कमजोरी छ ।’ मस्कको भूमिकालाई लिएर डेमोक्रेटिक सांसदहरूले उनी सम्बद्ध कम्पनी र सरकारी सम्झौतामाथि संसदीय छानबिन गर्ने चेतावनी दिएको पनि वायर्डले लेखेको छ ।

शीर्ष दाताहरूमा प्रविधि र क्रिप्टोकरेन्सी क्षेत्रको वर्चस्व रहेकोबारे एएफपीले विस्तृत विवरण दिएको छ । एएफपीका अनुसार १५ वटा ठूला दातामध्ये ५ वटा प्रविधि, एआई र क्रिप्टो क्षेत्रका छन् ।

भेन्चर क्यापिटलिस्ट मार्क एन्ड्रेसन र बेन्जामिन होरोविट्जले मात्रै ११ करोड ३० लाख डलरभन्दा बढी खर्च गरेका छन् । यसमध्ये ५ करोड डलर एआई समर्थक ‘लिडिङ द फ्युचर’ र ४ करोड ६८ लाख डलर क्रिप्टो सुपर प्याक ‘फेयरसेक’लाई दिइएको छ । क्रिप्टो एक्सचेन्ज कोइनबेस र यसका प्रमुख कार्यकारी ब्रायन आर्मस्ट्रङले ५ करोड ७० लाख डलर तथा रिपल ल्याब्स र यसका सह–संस्थापक क्रिस लार्सनले ६ करोड ८० लाख डलरभन्दा बढी चन्दा दिएको एएफपीले जनाएको छ ।

ब्रिटिस समाचार संस्था ‘द गार्जियन’ का अनुसार प्रविधि उद्योग र यसका अगुवाले सन् २०२६ को निर्वाचनलाई प्रभावित पार्न कुल आधा अर्ब डलरभन्दा बढी रकम खर्च गरिसकेका छन् ।

द गार्जियनमा पत्रकार निक रबिन्स–अर्लीको समाचार ‘हाउ टेक बिकेम द भिलेन अफ द यूएस मिड टम्र्स’ मा ओपनएआईका अध्यक्ष ग्रेग ब्रोकम्यान र मार्क एन्ड्रेसनद्वारा गठित ‘लिडिङ द फ्युचर’ प्याकले ७ करोड ५० लाख डलरभन्दा बढी संकलन गरेको उल्लेख छ । एन्थ्रोपिकले ब्राड कार्सनको ‘पब्लिक फस्र्ट एक्सन’ लाई ४ करोड डलरभन्दा बढी र ‘गार्डरेल्स अलायन्स’ले १ करोड १५ लाख डलरभन्दा बढी संकलन गरेको द गार्जियनले बताएको छ ।

क्यालिफोर्नियामा अर्बपतिहरूमाथि ५ प्रतिशत सम्पत्ति कर लगाउने प्रस्ताव ‘प्रपोजिसन ४०’ को विरोधमा भएको खर्चबारे अल जजिरा र द गार्जियनले छुट्टाछुट्टै विवरण दिएका छन् । सर्गेई ब्रिन, टोनी शु, प्याट्रिक कोकिसन, क्रिस लार्सन, जोहन डोएर, माइकल मोरिट्ज र विनोद खोसलाजस्ता अमेरिकी अर्बपतिले यो कर प्रस्ताव असफल पार्न ३० करोड डलरभन्दा बढी रकम जुटाइसकेको अल जजिराले उल्लेख गरेको छ ।

यसको तुलनामा करका समर्थकहरूले ३ करोड २० लाख डलर मात्रै जुटाउन सकेका छन् । अल जजिराले मेटाका संस्थापक मार्क जकरबर्गले कर तिर्नबाट जोगिन क्यालिफोर्निया बाहिर घर किन्ने योजना बोर्डसमक्ष राखेको समेत खुलासा गरेको छ । यता द गार्जियनका अनुसार गुगलका सह–संस्थापक सर्गेई ब्रिन एक्लैले यस कर प्रस्तावको विरोधमा कम्तीमा १० करोड २० लाख डलर योगदान गरेका छन् ।

चुनावी खर्चमा अपारदर्शी वा अज्ञात स्रोतबाट आउने ‘डार्क मनी’ को प्रयोगबारे एएफपीले प्रश्न उठाएको छ । दाताको नाम सार्वजनिक गर्नु नपर्ने चार गैरनाफामूलक संस्था शीर्ष १५ दाताको सूचीमा परेका छन् । रिपब्लिकन समर्थक समूह ‘वान नेसन’ले सिनेट लिडरसिप फन्डलाई १३ करोड ८० लाख डलर र ‘अमेरिकन एक्शन नेटवर्क’ले ६ करोड ४० लाख डलरभन्दा बढी दिएका छन् ।

उता डेमोक्रेटिक समर्थक ‘हाउस मेजोरिटी फरवार्ड’ले ९ करोड ५० लाख डलर र ‘मेजोरिटी फरवार्ड’ले १० करोड ४० लाख डलर योगदान गरेका छन् । क्याम्पेन लिगल सेन्टरकी वरिष्ठ कानुनी सल्लाहकार शाना पोट्र्सलाई उद्धृत गर्दै एएफपीले लेखेको छ, ‘कालो धानको खर्च बर्सेनि बढ्दै गएको छ । आफूले हेर्ने विज्ञापनमा कसले पैसा हालिरहेको छ भन्ने मतदाताले थाहा पाउनुपर्छ ।’

न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गको खर्चबारे ब्लुमबर्ग टेलिभिजनले सेप्टेम्बर र अक्टोबरमा डेमोक्य्राटहरूलाई सहयोग गर्न ८ करोड डलर खर्च गर्ने योजना बनाएको जनाएको छ । एएफपीले भने अक्टोबर २१ सम्म उनले दिएको आधिकारिक चन्दा ५ करोड २६ लाख डलर रहेको उल्लेख गरेको छ ।

शीर्ष २० दातामध्ये १४ वटाले प्राय: पूर्ण रूपमा रिपब्लिकन उम्मेदवार वा उनीहरू सम्बद्ध बाह्य समूहलाई सहयोग गरेको अमेरिकी टेलिभिजन नेटवर्क सीएनबीसीका संवाददाता लुक फाउन्टेनको दाबी छ । रिपब्लिकनहरू बाह्य खर्चमा अगाडि छन् । उदाहरणका लागि ट्रम्पको ‘मागा इंक सुपर प्याक’ ले मात्रै २७ करोड ५० लाख डलरभन्दा बढी खर्च गरिसकेको छ । तर व्यक्तिगत उम्मेदवारहरूले पाउने प्रत्यक्ष चन्दा संकलनमा भने डेमोक्य्राटहरू अगाडि छन् ।

प्रविधि, एआई र क्रिप्टोकरेन्सी क्षेत्रका दाताले आफ्नो उद्योगमा सरकारी नियमन खुकुलो बनाउने र आफू अनुकूल नीति निर्माण गर्ने राजनीतिक उम्मेदवारलाई जिताउन भारी रकम चन्दा दिइरहेको यी सञ्चार माध्यमले उल्लेख गरेका छन् । आफ्नो सम्पत्तिमाथि अतिरिक्त कर लाग्न नदिन र कर लगाउने नीतिहरू रोक्न कतिपय अर्बपतिहरूले आक्रामक रूपमा चुनावी अभियानमा खर्च गरिरहेको बताइन्छ ।

मस्कजस्ता अर्बपतिले स्पेसएक्स, टेस्लाजस्ता आफ्ना कम्पनी र सरकारी सम्झौतालाई संसदीय छानबिन वा नियमनबाट जोगाउन रिपब्लिकन उम्मेदवारलाई समर्थन गरिरहेको वार्यडको विश्लेषण छ ।

‘डेमोक्य्राटहरूले प्रतिनिधिसभामा जित हासिल गरे भने संसदीय समितिको नेतृत्व सम्हाल्ने दौडमा रहेका सांसदले सरकारी कार्यकुशलता विभाग (डज) मा मस्कको भूमिका, उनका कम्पनीले पाएका संघीय ठेक्का सम्झौता र क्यालिफोर्नियाकी डेमोक्य्राट सांसद जो लोफग्रेनले आश्चर्यजनक भनेर टिप्पणी गरेको स्वार्थको द्वन्द्वमाथि छानबिन हुने देखिन्छ,’ वार्यडले लेखेको छ, ‘संसद्मा डेमोक्य्राटहरूको पूर्ण नियन्त्रण कायम हुनु उनका लागि ठूलो समस्याको विषय बन्नेछ ।’

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

काठमाडाैँ । युरोपेली संघ (ईयू) का नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास, लगानी विस्तार तथा सदस्य राष्ट्रबिचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै युरोपको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्ध...

#एआई
Compare →
Onlinekhabar
4h ago
नेपालमा एआई र उद्योग ४.०

नेपालमा एआई र उद्योग ४.०

नेपालको आर्थिक विकाससम्बन्धी बहसमा लामो समयदेखि पूर्वाधार निर्माण, जलविद्युत् उत्पादन, पर्यटन विस्तार, वैदेशिक लगानी आकर्षण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिँदै आएको छ। यी सबै विषय नेपालको समृद्धिका लागि उत्तिकै महत्त्वपूर्ण छन्। तर अब एउटा नयाँ एजेन्डालाई विकासको केन्द्रमा राख्न आवश्यक छ- हामीले निर्माण गर्ने पूर्वाधार, स्थापना गर्ने उद्योग र परिचालन गर्ने लगानीलाई कसरी प्रविधिमैत्री, प्रतिस्पर्धी, उत्पादनशील र भविष्यका लागि तयार बनाउने ? विश्व अर्थतन्त्र एआई, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स, औद्योगिक स्वचालन, बिग डेटा, क्लाउड कम्प्युटिङ र स्मार्ट उत्पादन प्रणालीको प्रभावबाट तीव्र रूपमा परिवर्तन भइरहेको छ। उत्पादन लागत घटाउने, गुणस्तर सुधार गर्ने, ऊर्जा खपत कम गर्ने, आपूर्ति शृङ्खला प्रभावकारी बनाउने र नयाँ बजारमा प्रवेश गर्ने प्रतिस्पर्धा अब परम्परागत उत्पादन क्षमतामा मात्र सीमित छैन। उद्योगले प्रविधिलाई कति प्रभावकारी रूपमा प्रयोग गर्न सक्छ भन्ने विषय पनि उत्तिकै निर्णायक बनेको छ। यस्तो अवस्थामा नेपालका लागि कृत्रिम बुद्धिमत्ता र उद्योग ४.० मा लगानी गर्नु केवल आधुनिक प्रविधि भित्र्याउने विषय होइन। यो नेपालको औद्योगिकीकरणको आधार बलियो बनाउने, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मकता बढाउने, नयाँ रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने रणनीतिक अवसर हो। नेपालले यो अवसरलाई समयमै पहिचान गर्न सकेमा सीमित औद्योगिक आधारबाट पनि प्रविधिमा आधारित नयाँ विकासको बाटो खोल्न सक्छ। तर त्यसका लागि ठूला पूर्वाधार परियोजनादेखि साना तथा मझौला उद्योग, वैदेशिक प्रत्यक्ष लगानीदेखि स्वदेशी उद्यमशीलता र सङ्घीय सरकारदेखि नगरपालिका तथा गाउँपालिकासम्म सबै तहमा एकीकृत दृष्टिकोण आवश्यक छ। मेसिन खरिद गर्नु मात्र होइन प्रविधिमा लगानी उद्योग ४.० लाई बुझ्दा प्रायः रोबोट, स्वचालित मेसिन, सेन्सर, कम्प्युटर र अत्याधुनिक उत्पादन उपकरणको चर्चा गरिन्छ। तर उद्योग ४.० को अवधारणा यतिमा मात्र सीमित छैन। यसले उत्पादन प्रक्रिया, प्रविधि, सङ्गठनात्मक संरचना र उत्पादन तथा सेवाको स्वरूपलाई एकीकृत रूपमा रूपान्तरण गर्ने दृष्टिकोणलाई समेट्छ। उदाहरणका लागि, कुनै उद्योगले आधुनिक मेसिन खरिद गर्दैमा त्यो उद्योग स्वतः स्मार्ट उद्योग बन्दैन। उक्त मेसिनलाई उत्पादन प्रणालीसँग कसरी जोडिएको छ, उत्पादनसम्बन्धी तथ्याङ्क कसरी सङ्कलन गरिन्छ, कर्मचारीले प्रविधि प्रयोग गर्न कति क्षमता राख्छन्, व्यवस्थापनले तथ्याङ्कका आधारमा निर्णय गर्छ कि गर्दैन र ग्राहकको मागअनुसार उत्पादन प्रक्रिया कति छिटो परिवर्तन गर्न सकिन्छ भन्ने विषय बढी महत्त्वपूर्ण हुन्छन्। कृत्रिम बुद्धिमत्ताले यस प्रक्रियालाई अझ प्रभावकारी बनाउन सक्छ। उत्पादन उपकरणमा जडान गरिएका सेन्सरबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेर मेसिन बिग्रिनुअघि नै मर्मतको आवश्यकता पहिचान गर्न सकिन्छ। उत्पादनमा देखिने त्रुटि पहिचान गर्न, कच्चा पदार्थको खपत अनुमान गर्न, गोदाम व्यवस्थापन सुधार गर्न र बजारको मागअनुसार उत्पादन योजना बनाउन सकिन्छ। नेपालका उद्योगमा यसको सम्भावना उल्लेखनीय छ। खाद्य प्रशोधन, औषधि उत्पादन, सिमेन्ट, फलाम तथा स्टिल, कपडा, गलैँचा, …

#एआई
Compare →
Nagarik News
1d ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#अमेरिकी
Compare →
Bizshala
1d ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#अमेरिकी #क्रिप्टो
Compare →

Related Stories

Politics & Governance
Build #2612