काठमाडौं। संयुक्त अधिराज्य बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण कीट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शिशिर खनालको उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण कीट सरकारलाई आज हस्तान्तरण गरेका हुन्। सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोग स्वरूप एक करोड रुपैंयाँको चेक समेत हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalnews.com )