Trending
Prev Story
Next Story

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

Nagarik News •
October 26, 2026 • 09:13 AM
3
3 reads 0 reactions

सभापति थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताए।

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन्।

स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताए।

‘कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,’ उनले भने, ‘विश्वास पुनःस्थापित भयो भने मत त्यसलाई पछ्याउँदै आफैँ आउँछ।’

सभापति थापाले पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे बुझाउनुपर्नेमा जोड दिए।

विगतमा पार्टीप्रति असन्तुष्टिका कारण टाढिएका मतदाताको विश्वास जित्न वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।

१५औँ महाधिवेशनपछि पार्टीभित्र परिवर्तन आएको उल्लेख गर्दै उहाँले त्यसबारे जनताको घरदैलोसम्म जानकारी पुर्‍याउन आगामी मङ्सिरमा तल्लो तहसम्म जागरण अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताए।

सभापति थापाले महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताउँदै जिम्मेवारी पाउने वा नपाउने विषयलाई हारजितका रूपमा बुझ्न नहुने उल्लेख गरे।

पार्टीभित्र सबैको समान हैसियत रहेकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: ९ कार्तिक २०८३ १४:५८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#कांग्रेस #थापा
Compare →
Hamro Patro News
4d ago
कांग्रेस सभापति थापाद्वारा नेपाल संवत् र म्हः पूजाको शुभकामना

कांग्रेस सभापति थापाद्वारा नेपाल संवत् र म्हः पूजाको शुभकामना

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ र नेवारी परम्पराको म्ह पूजाका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्। शुभकामना सन्देशमा उनले नेपाल संवत्लाई ‘हाम्रो मौलिक ...

#कांग्रेस #थापा
Compare →
Onlinekhabar
1h ago
कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै

कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गरेको निर्णयअनुसार …

#कांग्रेस
Compare →
Arthasansar
3d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#विश्वास
Compare →

Related Stories

Politics & Governance
Build #2612