Trending
Prev Story
Next Story

एनपिएल एकताको सुन्दर संगम हो : मन्त्री गौतम

Nagarik News •
October 26, 2026 • 08:56 AM
2
2 reads 0 reactions

गौतमले एनपिएल तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाई लिएको बताएकी छिन्।

एनपिएल एकताको सुन्दर संगम हो : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाई लिएको बताएकी छिन्।

प्रतियोगिताअघि मन्त्री गौतमले नेपाली क्रिकेटको उत्साहले नयाँ उचाई लिएको बताउँदै एनपिएल नेपाली प्रतिभा, नीजि क्षेत्रको सामथ्र्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम रहेको जिकिर गरिन्।

‘आजबाट सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिँदै छ। एनपिएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामथ्र्य र राष्ट्रिय एकताको सुन्दर संगम हो।’

एनपिएलको तेस्रो संस्करण आजबाट त्रिवि मैदानमा सुरु हुँदैछ। उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।

एक महिनासम्म चल्ने प्रतियोगितामा नेपाली र चर्चित विदेशी खेलाडीहरुको जमघट हुनेछ।

मन्त्री गौतमले एनपिएल नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरुलाई विश्वस्तरीय खेलाडीसँग एउटै मैदानमा उभ्याउने सपनाको उडान भएको पनि बताएकी छिन्।

‘नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्वस्तरीय खेलाडीहरूसँग एउटै मैदानमा उभ्याउने यो मञ्चले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र सपनालाई नयाँ उडान दिनेछ।’

मन्त्री गौतमले सरकारले उचित वातावरण सिर्जना गरिदिने हो भने निजी क्षेत्रले सम्भावनालाई उद्योगमा, प्रतिभालाई अवसरमा र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्छ भन्ने उत्कृष्ट उदाहरण एनपिएल बनेको बताइन्।

उनले सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई शुभकामना दिँदै जुन टिमले प्रतियोगिता जितेपनि जित नेपाली क्रिकेटकै हुने धारणा व्यक्त गरेकी छिन्।

प्रकाशित: ९ कार्तिक २०८३ १४:४१ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
एनपिएल : कर्णालीद्वारा लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य

एनपिएल : कर्णालीद्वारा लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य

काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा...

#एनपिएल #क्रिकेट
Compare →
Onlinekhabar
2d ago
सत्ता जोगाउन नेतन्याहूको नयाँ प्रस्ताव- राष्ट्रिय एकताको सरकार

सत्ता जोगाउन नेतन्याहूको नयाँ प्रस्ताव- राष्ट्रिय एकताको सरकार

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आफ्नो राजनीतिक प्रभाव जोगाउने संघर्षमा जुटेका छन् । अक्टोबरमा भएको निर्वाचनमा उनको गठबन्धनलाई पछि पार्दै विपक्षी दलहरू अगाडि आएपछि नेतन्याहू विपक्षी नेतृत्वमा नयाँ सरकार गठन हुन नदिन सक्रिय भएका हुन् । पछिल्ला …

#एकता
Compare →

Related Stories

Politics & Governance
Build #2612