Trending
Prev Story
Next Story

अमेरिका र क्यानाडाबीच चाँडै व्यापार सम्झौता हुन्छ : ट्रम्प

Nagarik News •
October 26, 2026 • 08:47 AM
3
3 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानाडाबीच व्यापार सम्झौता चाँडै हुने दाबी गरेका छन्।

अमेरिका र क्यानाडाबीच चाँडै व्यापार सम्झौता हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानाडाबीच व्यापार सम्झौता चाँडै हुने दाबी गरेका छन्।

अमेरिकी मध्यावधि निर्वाचन हुन नौ दिन बाँकी रहँदा आइतबार मिशिगनको पोर्ट ह्युरोनमा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन्।

गत अगस्टमा व्यापार वार्ता असफल भएपछि दुई देशबीच तनाव बढेको छ। त्यसपछि ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न वस्तुमा थप कर लगाएका थिए।

ट्रम्पले सभामा भने, ‘हामी यो समस्या चाँडै समाधान गर्नेछौँ । अहिले उनीहरू हामीलाई जे पनि दिन तयार छन्।’ उनले क्यानाडामाथि कर लगाउने निर्णयको बचाउ गर्दै क्यानाडाले वर्षौंदेखि अमेरिकाबाट अनुचित फाइदा उठाएको आरोप लगाए।

अगस्टमा वार्ता असफल भएपछि लगाइएको करले हक्कीका सामग्रीदेखि सिमेन्टसम्मका करिब २० अर्ब अमेरिकी डलर मूल्यका सामान प्रभावित भएका छन्।

त्यसको जवाफमा क्यानाडाले पनि अमेरिकी उत्पादनमा समान मूल्यका सामानलाई लक्षित गरी कर लगाएको थियो। त्यसपछि ट्रम्पले केही वस्तुमा ५० प्रतिशतसम्म कर लगाएर प्रतिकार गरेका थिए।

व्यापार विवादबाट प्रभावित सीमावर्ती राज्य मेनकी सिनेटर सुसान कोलिन्सको आग्रहपछि ह्वाइट हाउसले शुक्रबार तीमध्ये केही वस्तुमाथिको कर हटाएको थियो।

आगामी मंगलबार हुने मध्यावधि निर्वाचनमा सिनेटको नियन्त्रण प्राप्त गर्ने प्रयासमा डेमोक्रेटहरूले कोलिन्सको सिटलाई लक्ष्य बनाएका छन्।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुदेखि नै मित्रराष्ट्र र प्रतिस्पर्धी देशमाथि व्यापक कर लगाउँदै आएका छन्।

अन्य देशले अमेरिकाको आर्थिक फाइदा उठाएको आरोप लगाउँदै उनले विश्वव्यापी व्यापार व्यवस्थामा परिवर्तन गर्न खोजेका छन्। उनले कतिपय करलाई राजनीतिक तथा विदेश नीतिसम्बन्धी उद्देश्यसँग पनि जोड्दै आएका छन्।एएफपी

प्रकाशित: ९ कार्तिक २०८३ १४:३२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प #अमेरिका #अमेरिकी
Compare →
Ekantipur
7h ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#अमेरिका #अमेरिकी
Compare →
Hamro Patro News
12h ago
एनभिडिया प्रकरणमा ट्रम्पका वाणिज्यमन्त्री लटनिकमाथि दबाब बढ्दै

एनभिडिया प्रकरणमा ट्रम्पका वाणिज्यमन्त्री लटनिकमाथि दबाब बढ्दै

काठ्माण्डौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा एनभिडिया प्रकरणलाई लिएर विवाद चर्किँदै जाँदा वाणिज्यमन्त्री हावर्ड लटनिकमाथि दबाब बढेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उच्च क्षम...

#ट्रम्प #अमेरिकी
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प #अमेरिकी
Compare →
Onlinekhabar
2d ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

२६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको …

#ट्रम्प #अमेरिकी
Compare →

Related Stories

World News
Build #2612