Trending
Prev Story
Next Story

पुनः सञ्चालनमा आउन थाले पीएचपी सुरक्षा जोखिमपछि बन्द भएका सरकारी वेबसाइट

Ekantipur •
October 26, 2026 • 08:00 AM
3
3 reads 0 reactions

पूर्वसावधानीस्वरूप अफलाइन गरिएका सरकारी साइट सुरक्षा प्याच इन्स्टल गरेसँगै खुल्न थाले । तर, भेन्डरले नै व्यवस्थापनमा गरिरहेका केही पोर्टल अझै खुल्न बाँकी छन् ।

पुनः सञ्चालनमा आउन थाले पीएचपी सुरक्षा जोखिमपछि बन्द भएका सरकारी वेबसाइट

पूर्वसावधानीस्वरूप अफलाइन गरिएका सरकारी साइट सुरक्षा प्याच इन्स्टल गरेसँगै खुल्न थाले । तर, भेन्डरले नै व्यवस्थापनमा गरिरहेका केही पोर्टल अझै खुल्न बाँकी छन् ।

काठमाडौँ — वेबसाइट निर्माण गर्न प्रयोग गरिने प्रोग्रामिङ ल्याङ्वेज ‘पीएचपी’ मा सुरक्षा त्रुटि फेला परेसँगै साइबर आक्रमणका घटनाबाट जोगिन ‘अफलाइन मोड’मा राखिएका नेपाल सरकारका वेबसाइटहरू पुनः खुल्न थालेका छन् ।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले आवश्यक सेक्युरिटी प्याच (सुरक्षा अपडेट) तथा अडिट पूरा गरी सरकारी पोर्टललाई अनलाइन गराएको जनाएको छ । तथापी, चिकित्सा शिक्षा आयोग, नागरिक एप लगायत कतिपय पोर्टल तथा एप्लिकेसन अझै खुलिसकेका छैनन् ।

एसडीओसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण तिमिल्सिनाले अधिकांश सरकारी वेबसाइट सुरक्षित रूपमा सञ्चालनमा ल्याइसकिएको बताए । उनका अनुसार साझा वेब प्रणाली ‘जीआईडब्लूआईएमएस’ अन्तर्गतका हजारौँ सरकारी वेबसाइटलाई सेन्ट्रल्ली प्याच गरी पुनः सुचारु गरिएको हो ।

‘हामीले सरकारी वेबसाइटहरू अनलाइन गराइसकेका छौँ,’ तिमिल्सिनाले भने, ‘विभिन्न कार्यालयले आफ्नै छुट्टै भेन्डर वा प्राविधिक टोलीमार्फत गर्नुपर्ने बाँकी प्रणालीहरू पनि सञ्चालनमा आउने क्रममा छन् र अधिकांश साइटहरू अनलाइन भइसकेका छन् । भेन्डरले नै व्यवस्थापन गर्दै आएका केही साइट खुलेका छैनन्, हामीले उहाँहरूलाई सम्पर्क गरिरहेका छौँ ।’

सरकारी निकायका अधिकांश वेबसाइट, सर्भर र प्रणालीलाई एकीकृत रूपमा होस्ट तथा भण्डारण गर्ने ‘एकीकृत डेटा व्यवस्थापन केन्द्र’ का सूचना प्रविधि निर्देशक शिवजीकुमार गुप्ता रौनियारले पनि पीएचपीको सुरक्षा त्रुटि समाधान गरेर अधिकांश सरकारी वेबसाइट पुनः सञ्चालनमा ल्याइसकिएको बताए । ‘पीएचपीको सुरक्षा समस्या समाधान गरेर सोही आधारमा हामी अगाडि बढिरहेका छौँ,’ रौनियारले भने, ‘अधिकांश वेबसाइट लाइभ आइसकेका छन् र सम्बन्धित निकायहरूबाट आउने अनुरोधका आधारमा क्रमिक रूपमा पुनः सञ्चालन गर्दै लगिएको छ ।’

गत बुधबार पीएचपी प्रविधिमा ‘पीएचपी टु सेल’ नामक गम्भीर सुरक्षा त्रुटि रहेको विवरण बाहिरिएको थियो । यसले गर्दा सम्भावित अनधिकृत पहुँच र साइबर आक्रमणबाट जोगाउन पूर्वसावधानीस्वरूप सरकारी तथा बैंकिङ वेबसाइट अस्थायी रूपमा बन्द गरिएका थिए ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने भएको छ। नेपाल सरकारबाट जारी ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्ध...

#सुरक्षा
Compare →
Onlinekhabar
4h ago
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग …

#सुरक्षा
Compare →
Nagarik News
17h ago
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।

#सुरक्षा
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →

Related Stories

Politics & Governance
Build #2612