Trending
Prev Story
Next Story

३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला : मन्त्री लम्साल

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

९ कात्तिक, काठमाडौं । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) 'होम एन्ड अवे' अवधारणामा सञ्चालन गर्ने गरी सरकारले ८ शहरमा रंगशाला निर्माणको काम अघि बढाइएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएललाई …

३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला : मन्त्री लम्साल

९ कात्तिक, काठमाडौं । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) ‘होम एन्ड अवे’ अवधारणामा सञ्चालन गर्ने गरी सरकारले ८ शहरमा रंगशाला निर्माणको काम अघि बढाइएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएललाई शुभकामना दिँदै कम्तीमा ८ हजार दर्शक क्षमताको रंगशाला निर्माणको प्रक्रिया अघि बढेको बताएका हुन्।

फ्लडलाइट सुविधासहितको रंगशाला तीन वर्षभित्रै पूरा गर्ने लक्ष्य राखिएको मन्त्री लम्सालको भनाइ छ।

‘चार्डपर्वहरूका बीच नेपाली क्रिकेटको पर्व, नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ,’ उनले भनेका छन्, ‘होम एन्ड अवे आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइटसहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको छ।’

देशका विभिन्न भागमा एनपीएल विस्तार र विकासमा नयाँ आयाम थप्ने लक्ष्य राखिएको उनले बताएका छन्। उनले सरकारको लक्ष्यअनुसार काम गर्न नेपाल क्रिकेट संघ क्यानलाई आग्रह पनि गरेका छन्।

‘तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको योजनाले एनपीएललाई देशभर विस्तार गर्दै नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास लिएका छौँ,’ उनले थप भनेका छन्, ‘क्रिकेट संघ (क्यान)ले पनि सोही अनुरूप आवश्यक तयारी अघि बढाओस् । एनपीएलको सफल आयोजनाका लागि हार्दिक शुभकामना।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
58m ago
एनपीएल खेलाइने पिचप्रति जिम्मीको असन्तुष्टि, भने– ‘१२० रनले पुग्दैन’

एनपीएल खेलाइने पिचप्रति जिम्मीको असन्तुष्टि, भने– ‘१२० रनले पुग्दैन’

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपालमा रहेका न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशमले प्रतियोगितामा प्रयोग भइरहेका पिचप्रति असन्तुष्टि जनाएका छन्। जनकपुर बोल्ट्सबाट खेलि...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
6h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
16h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
20h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612