Trending
Prev Story
Next Story

दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

९ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष दशैँमै बढी दुर्घटना भएको पाइएको छ । घटस्थापनादेखि शुक्रबारसम्म प्रदेशभर …

दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते

९ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष दशैँमै बढी दुर्घटना भएको पाइएको छ ।

घटस्थापनादेखि शुक्रबारसम्म प्रदेशभर एक सय ५२ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने दुई सय ४३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रहरीकाअनुसार सबैभन्दा धेरै कैलालीमा ८८ सवारीसाधन दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने एक सय ४६ जना घाइते भएका छन् । कञ्चनपुरमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु हुँदा ५० जना घाइते भएका छन् । यी दुई बाहेक अन्य जिल्लामा सवारी दुर्घटनामा मानिसको मृत्यु भने भएको छैन् ।

डडेल्धुरामा १०, डोटीमा ८, अछाममा ५, दार्चुला र बाजुरामा २/२ तथा बझाङ र बैतडीमा १/१ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ४७ जना घाइते भएका छन् ।

यो दशैँमा भएका सवारी दुर्घटनाको संख्याले अघिल्लो वर्षको रेकर्ड भने ब्रेक गरेको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म दुर्घटना भएका भन्दा यो दशैँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीकाअनुसार गत वर्ष दशैँदेखि छठ पर्वसम्म प्रदेशभर एक सय २२ सवारीसाधन मात्र दुर्घटनामा परेका थिए । ती दुर्घटनामा २३ जनाको मृत्यु हुँदा दुई सय ५३ घाइते भएका थिए । तर, यो वर्ष भने दशैँमै एक सय ५२ दुर्घटनामा छ जनाको मृत्यु र दुई सय ४३ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरीको यो तथ्यांकले चाडपर्वका बेला हुने सवारी दुर्घटना नियन्त्रण तथा न्यूनीकरण गर्ने कुरा चुनौतीपूर्ण बन्दै जान थालेको छ । तर, दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घट्ने कुरालाई सकारात्मक पक्षका रूपमा लिइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
19h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#दुर्घटना #मृत्यु
Compare →
Ekantipur
19h ago
भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी शव वाहनमार्फत सर्लाही पठाइएको छ । शवहरू तीनवटा शव वाहनमा राखेर सर्लाही पठाइएको अस्पतालले जनाएको छ ।

#दुर्घटना #जनाको
Compare →
Arthasansar
23h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#सवारी #दुर्घटना
Compare →
Nagarik News
20h ago
सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तहरूले शव बुझेका छन्।

#दुर्घटना #जनाको
Compare →

Related Stories

Technology
Build #2612