Trending
Prev Story
Next Story

आइसीसीले गर्ने हरेक निर्णय नेपाली क्रिकेटको फेबरमा छ : चतुरबहादुर चन्द

Ekantipur •
October 25, 2026 • 04:30 PM
3
3 reads 0 reactions

विश्वमा नाम चलेका खेलाडी यसरी आउनु नेपाली क्रिकेटको उचाई बढेको प्रमाण हो ।

आइसीसीले गर्ने हरेक निर्णय नेपाली क्रिकेटको फेबरमा छ : चतुरबहादुर चन्द

विश्वमा नाम चलेका खेलाडी यसरी आउनु नेपाली क्रिकेटको उचाई बढेको प्रमाण हो ।

काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन सुरु हुँदैछ । प्रतियोगितामा प्रविधि र अन्तर्राष्ट्रिय मान्यतासँगै विश्व क्रिकेटका चर्चित खेलाडी तथा दर्शकका लागि थपिएका सुविधा मुख्य पक्षका रूपमा रहेका छन् । यसै सन्दर्भमा एनपीएलको तयारीकाबारे कान्तिपुर टिभीका डीपी उपाध्यायले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द सँग गरेको कुराकानीको अंश :

करिब ३ वर्षको बीचमा क्यानले आयोजना गरेको एनपीएलले विश्वभर चर्चा कमाइसकेको छ । क्यानको अध्यक्षका हैसियतमा तपाईंले कस्तो अनुभव गरिरहनु भएको छ ?

एनपीएल सुरु गर्दा खासगरी नेपाली समाजमा नेपालली क्रिकेटमाँझ जुन समर्थन छ एकदमै हाइट लिन्छ भन्ने आशा त थियो तर जुन खालको आर्थिक गतिविधिमा पनि सक्षम हुँदै जान्छ भन्नेमा अलिकति शंका नै थियो । किनभने हामीले क्रिकेट गतिविधि गर्दा स्पोन्सरसीप, लगानीकर्ताको समस्या, पहिला फुटबलले डोमिनेन्ट गरेको जस्ता विषय थियो ।

साथै नवयुवा र पछिल्लो पिँढीमा क्रिकेट एकदमै लोकप्रिय पनि भइरहेको थियो । झन अहिलेको नयाँ पुस्ता त क्रिकेटकै लागि जन्मिएको जस्तो भइरहेको छ ।  यसले गर्दा समयसापेक्ष रुपमा अगाडि त बढ्छ तर तेस्रो सिजनमै नेपाल प्रिमियर लिग (एनपीएल)ले यस्तो फड्को मार्नुमा क्रिकेटलाई साथ दिनेहरू मिलेर आएको जस्तो छ ।

अर्को विषय नेपालमा कोही पनि क्रिकेटको विरोधी छैनन् । सरकार, सबै राजनीतिक दलहरू, युवादेखि सम्मानित जेष्ठ नागरिकहरू सबैको साथ छ । साथै नेपाली मिडिया, क्रिकेटका फ्यानहरू जोडिएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले हामीलाई ४ वर्ष निलम्बन गर्‍यो । हामीले त्यो झेल्यौं पनि । तर अहिले हामीले गरेको काम र हाम्रो लबिङमा आइसीसीले महत्व दिइरहेको छ । यसकारण आइसीसीले गर्ने हरेक निर्णय हाम्रो फेबरमा छ ।

तेस्रो पक्ष निजी क्षेत्रले पनि हामीलाई निकै सहयोग गरिरहनु भएको छ । हरेक पक्षमा उहाँहरूले साथ र सहयोग गरिरहनु भएको छ । नेपाल सरकारले पनि पूर्वाधार व्यवस्थित गर्ने प्रयास गरिरहेको छ ।

अब एनपीएल तेस्रो सिजनको सबै तयारी सकिएको हो ?

अन्तराष्ट्रिय ठुला नाम भएका खेलाडी को को आउने भन्ने क्यानको हातमा हुँदैन । क्यानले त सहजीकरण गर्ने मात्रै हो । बोर्डहरूसँग कुरा गरिदिने हो, उहाँहरूले विदेशी खेलाडीहरूलाई अलि धेरै पैसा पनि दिनुपर्छ । त्यसकारण उहाँहरूले घोषणा नगरेसम्म यो खेलाडी आउछ भनेर भन्न पनि सकिन्न । नाम चलेका जो जो खेलाडी आउनु भएको छ उहाँहरू पनि ठूलो नाम हो । विश्वमा नाम चलेका खेलाडी यसरी आउनु नेपाली क्रिकेटको उचाई बढेको प्रमाण हो ।

डीपी उपाध्याय कान्तिपुर टेलिभिजनका डेपुटी न्युज चिफ हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#क्रिकेट #एनपीएल
Compare →
Hamro Patro News
14h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#क्रिकेट #एनपीएल
Compare →
Nagarik News
5h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612