Trending
Prev Story
Next Story

सरकारले क्रिकेट खेलाडीलाई नगद पुरस्कार नदिएकोमा क्यानको गुनासो

Ekantipur •
October 25, 2026 • 03:30 PM
3
3 reads 0 reactions

नेपालले मलेसियामा सेप्टेम्बरमा भएको पुरुष एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै लगातार दोस्रो पटक एकदिवसीय एसिया कपमा छनोट भएको छ ।

सरकारले क्रिकेट खेलाडीलाई नगद पुरस्कार नदिएकोमा क्यानको गुनासो

नेपालले मलेसियामा सेप्टेम्बरमा भएको पुरुष एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै लगातार दोस्रो पटक एकदिवसीय एसिया कपमा छनोट भएको छ ।

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कपमा छनोट भएको नेपाली टोलीलाई कुल २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विजेता टोलीलाई सम्मान स्वरुप उक्त पुरस्कार प्रदान गरिएको जनाए ।

नेपालले मलेसियामा सेप्टेम्बरमा भएको पुरुष एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै लगातार दोस्रो पटक एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले मलेसियामा भइरहेको प्रतियोगिताको फाइनलमा यूएईलाई ४४ रनले पराजित गरेको थियो । उपाधिसँगैं नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा भारत, पाकिस्तान लगायतका टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

‘नेपालको पुरुष टोलीले धेरै राम्रो गर्दै आएको छ, हाम्रो टोलीले चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । दोस्रो पटक एसिया कपका लागि छनोट भएको छ, सपना पूरा हुँदै छन्, तीन पटक ट्वान्टी–२० विश्वकप खेलिसकेका छौं, एकदिवसीय विश्वकप पनि खेल्ने सपना साकार पार्न लागेका छौं,’ चन्दले भने, ‘दोस्रो पटक एसिया कपमा खेल्ने मौका बनाएकोमा नेपाली टोलीलाई प्रोत्साहन स्वरुप २० लाख रुपैयाँ क्यानले दिने निर्णय गरेको छ ।’

विगतमा सरकारले यस्तो प्रतियोगिता जितेर आउने टोलीलाई नगद पुरस्कार दिने निर्णय गरे पनि अहिले खेलाडीले त्यो खाले सुविधा नपाएकोमा चन्दले सरकारलाई सो सुविधा उपलब्ध गराइदिन आग्रह गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
14h ago
विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

२७ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ। पहिलोपटक प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगिता शुक्...

#क्रिकेट #छनोट
Compare →
Nagarik News
6h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#क्रिकेट
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612