Trending
Prev Story
Next Story

प्रमोद खरेल भन्छन्– कन्सर्टको दिन क्रिकेट हार्‍यो भने मुड अफ हुन्छ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions 4 comments

८ कात्तिक, काठमाडौं । गायक प्रमोद खरेलले कन्सर्टको दिन क्रिकेट हार्दा मुड अफ हुने गरेको बताएका छन् । ओके एनपीएल बज कार्यक्रममा गायक प्रमोदले आफूसँग म्यूजिकसँगसँगै क्रिकेट पनि रहेको बताए । ‘म्यूजिकसँगसँगै मसँग पनि क्रिकेट छ …

प्रमोद खरेल भन्छन्– कन्सर्टको दिन क्रिकेट हार्‍यो भने मुड अफ हुन्छ

८ कात्तिक, काठमाडौं । गायक प्रमोद खरेलले कन्सर्टको दिन क्रिकेट हार्दा मुड अफ हुने गरेको बताएका छन् । ओके एनपीएल बज कार्यक्रममा गायक प्रमोदले आफूसँग म्यूजिकसँगसँगै क्रिकेट पनि रहेको बताए ।

‘म्यूजिकसँगसँगै मसँग पनि क्रिकेट छ । कन्सर्टको दिन क्रिकेट हार्‍यो भने मुड अफ हुन्छ,’ उनले भने ।

नेपाली दर्शकको ब्लडमै क्रिकेट आइसकेको प्रमोदले सुनाए । नेपालीको कल्चर नै क्रिकेट भन्दा फरक नपर्ने अवस्थामा आएको उनको अनुभव छ ।

‘अब नेपाली क्रिकेट यस्तो भइदियो कि नेपालको पहिचानसँग जोडिएर आइसक्यो । यहाँको दर्शकहरूमा प्लडमा नै क्रिकेट छ,’ उनले भने, ‘पहिला पहिला भारत र पाकिस्तानको सुन्थ्यौं । अहिले फरक छैन नेपालीमा पनि ब्लडमै क्रिकेट आइसक्यो । अब हामीले रमाउनेभन्दा पनि उत्साव हो ।’

अब नेपाल प्रिमियर लिग (एनपीएल) होम एन्ड अवेमा हुने अपेक्षा रहेको प्रमोदले बताए ।

‘होम एन्ड अवे नेपालमा भयो भने अर्थतन्त्र नै चलायमान हुन्छ । जनकपुरको म्याच जनकपुरमा हुँदाखेरिको एउटा चाम, संस्कृति, सभ्यताहरू त्यहाँबाट देखाउन सक्छौं । सुदूरपश्चिममा म्याच भयो भने सुदूरपश्चिम त्यहाँ देखाउन सक्छौं नि । यो चिज सफल भयो भने क्रिकेटले धेरै फड्को मार्छ,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
14h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #क्रिकेट
Compare →
Ekantipur
19h ago
जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजबीचको खेल हुँदै

जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजबीचको खेल हुँदै

जनकपुर बोल्ट्स र चितवन राइनोज एनपीएल क्रिकेटको शुक्रबारको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन् । जनकपुरले चितवनविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

#एनपीएल #क्रिकेट
Compare →
Nagarik News
5h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612