Trending
Prev Story
Next Story

२४ घण्टामा १३ विपद्का घटना: एकको मृत्यु, १३ लाखभन्दा बढीको क्षति

Nagarik News •
October 25, 2026 • 12:58 PM
2
2 reads 0 reactions

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

२४ घण्टामा १३ विपद्का घटना: एकको मृत्यु, १३ लाखभन्दा बढीको क्षति

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। यी घटनाहरूबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म विभिन्न जिल्लामा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणका घटना दर्ता भएका छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोजपुर र मनाङमा सर्पदंश तथा बाँकेमा जनावरको आक्रमण भएको छ। यसैगरी पाँचथर, रौतहट, बारा, पर्सा, काठमाडौँ, गोरखा, नवलपरासी पश्चिम, बाँके र कञ्चनपुरसहित नौ जिल्लामा आगलागीका घटना भएका छन्।

घटनामा घाइते भएकाहरूको स्थानीय तथा अन्य जिल्लाका अस्पतालहरूमा उपचार भइरहेको छ। प्रभावित क्षेत्रमा राहत तथा आवश्यक व्यवस्थापनका साथै क्षतिको थप विवरण सङ्कलन भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले थप क्षति हुन नदिन सम्बद्ध निकायहरूलाई सतर्क रहन आग्रह गरेको छ। साथै, विपद्को जोखिम देखिएमा तुरुन्त स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्न तथा आधिकारिक पूर्वसूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ १८:४३ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
36m ago
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते

मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते

काठमाडौं– बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलसँग ठोक्किएर यात्रुवाहक मिनिबस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। शनिबार गुलरियाबाट नेपालगञ...

#मृत्यु
Compare →
Ekantipur
52m ago
बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लालपुरमा शनिबार दिउँसो भएको दुर्घटनामा यात्रुवाहक गाडीको ठक्करबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

#मृत्यु
Compare →
Onlinekhabar
3h ago
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

२८ कात्तिक, अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सालटोक्टा बजारबाट …

#मृत्यु
Compare →

Related Stories

Technology
Build #2612