उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले दुई देशलाई जोड्ने नयाँ सीमापार पुलको उद्घाटन गरे । उद्घाटनमा शक्तिशाली छिमेकी चीनसँगको सहयोग र सम्बन्धलाई थप विस्तार गर्ने उनले प्रतिबद्धता जनाएको समाचार संस्था एपीले जनाएको छ ।
विश्व राजनीतिमा अमेरिकाविरुद्ध बेइजिङ, मस्को र प्योङयाङको संयुक्त मोर्चा बनाउने प्रयास स्वरूप किमको यो भ्रमण भएको हो । समाचारअनुसार किमको यो भ्रमण एक वर्षपछिको पहिलो चीन यात्रा हो ।
Read full story at source ( lokaantar.com )