Trending
Prev Story
Next Story

दसैं बिदामा बर्दिया निकुञ्ज आउने पर्यटक बढे

Ekantipur •
October 25, 2026 • 07:30 AM
3
3 reads 0 reactions

मुख्यतः बाघका लागि प्रख्यात बर्दिया निकुञ्ज स्वदेशी र विदेशी पर्यटकका लागि प्रमुख गन्तव्य हो । पर्यटकले जिप सफारी र पैदल अवलोकन पनि गर्ने गरेका छन् ।

दसैं बिदामा बर्दिया निकुञ्ज आउने पर्यटक बढे

मुख्यतः बाघका लागि प्रख्यात बर्दिया निकुञ्ज स्वदेशी र विदेशी पर्यटकका लागि प्रमुख गन्तव्य हो । पर्यटकले जिप सफारी र पैदल अवलोकन पनि गर्ने गरेका छन् ।

बर्दिया — दसैं बिदामा पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायीलाई भ्याइनभ्याइ छ । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका साना–ठूला होटल पर्यटकले भरिभराउ छन् ।

कात्तिक १ देखि ६ सम्म २ हजार १ सय ३७ जनाले निकुञ्जको अवलोकन गरेका थिए । तीमध्ये पुरुष १ हजार ५ सय ८२ र महिला ८ सय ५५ जना आएको बर्दिया निकुञ्जले जनाएको छ । यसैगरी विदेशी २ सय ७४ मध्ये १ सय ३९ पुरुष र महिला १ सय ३५ जनाले निकुञ्जको अवलोकन गरेका थिए ।

कात्तिक १ गतेदेखि ६ गतेसम्म सार्कबाट ५० पुरुष र २६ महिला सहित ७६ जनाले निकुञ्जको अवलोकन गरेको बर्दिया निकुञ्जका निमित्त सूचना अधिकारी सहायक संरक्षण अधिकृत मञ्जु पौडेलले बताइन् ।

गत असोजमा भने १ हजार ७० मात्रै आन्तरिक पर्यटक भित्रिएका थिए । सोही अवधिमा सार्कबाट २ सय ४८ र विदेशी ५ सय ५५ पर्यटक आएको उनले जनाइन् ।

पर्यटक आगमन बढेपछि पर्यटन व्यवसायी निकै खुसी छन् । ठाकुरद्वारामा पर्यटकले होटल प्रायः भरिएका छन् । जिप सफारी गर्ने पनि उत्तिकै छन् । कतिपय पर्यटकले जिप सफारी बुक भएका कारण निकुञ्ज अवलोकन गर्न नपाएको गुनासो पोखे ।

पोखराबाट बर्दिया निकुञ्ज अवलोकन गर्न आएका पर्यटक अनिल न्यौपानेले जिप सफारी गर्न नपाउँदा निकुञ्ज अवलोकन गर्न नपाएको बताए ।

पर्यटन व्यवसायी रामजी थापा पर्यटकले अग्रिम बुक गरेका कारण जिप सफारीमा भ्याइनभ्याइ भएको बताउँछन् । निकुञ्जमा झन्डै ३० वटा साना–ठूला होटल छन् ।

पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले यस वर्ष दसैंमा पर्यटक आगमन बढेकाले तिहारमा पनि चहलपहल बढ्ने आशा गरेका छन् ।

मुख्यतः बाघका लागि प्रख्यात बर्दिया निकुञ्ज स्वदेशी र विदेशी पर्यटकका लागि प्रमुख गन्तव्य हो । बर्दिया निकुञ्जमा १ सय १२ वटा पाटे बाघ रहेका छन् । निकुञ्जमा १ सय २० भन्दा बढी हात्ती रहेको अनुमान छ । त्यसैगरी गैँडा ३८ वटा रहेका छन् । बर्दिया निकुञ्जमा आउने पर्यटकले जिप सफारी र पैदल अवलोकन गर्ने गरेका छन् । अधिकांश पर्यटकले पाटे बाघलगायत अन्य वन्यजन्तुको अवलोकन गरेर फर्किने गरेका छन् ।

खाता जैविक मार्गमा पर्ने डल्ला होमस्टे पनि पर्यटकको रोजाइमा पर्छ । यहाँ झन्डै २० वटा होमस्टे रहेका छन् । निकुञ्जबाहेक पर्यटकले खाता जैविक मार्गका डल्ला, पत्थरबोझीलगायत ठाउँको अवलोकन गर्ने गरेको निकुञ्जले जनाएको छ । यसबाहेक यहाँ आउने पर्यटकले निकुञ्ज हाताभित्र रहेको गोही तथा घडियाल प्रजनन केन्द्र, थारू संग्रहालय, दृष्टिविहीन गैँडा र समस्याग्रस्त बाघ थुनिएको खोरको बाहिरबाट अवलोकन गर्ने गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै पर्यटक । तस्बिर सौजन्य : रामजी थापा

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
51m ago
तिहार र छठको बिदामा भरिए घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ

तिहार र छठको बिदामा भरिए घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ

काठमाडौँ- तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्। आन्तरिक पर्यटकको आगमन बढेसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको च...

#पर्यटक #बिदा
Compare →
Onlinekhabar
1h ago
ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

२८ कात्तिक, रुकुम पश्चिम (गोतामकोट) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२, ३, ४ र ५ मा पर्ने गोतामकोट र खदीगाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन् । भेरी नदीको माथिल्लो भेगमा रहेका यी गाउँ …

#पर्यटक
Compare →
Nagarik News
2h ago
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।

#पर्यटक
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

Technology
Build #2612