Trending
Prev Story
Next Story

राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौं : वर्षमान पुन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

८ कात्तिक, रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय जागरण अभियानमार्फत स्थानीय तह निर्वाचनको तयारी गर्ने बताएका छन् । पार्टीले शनिबारदेखि देशभर दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको जानकारी दिँदै पुनले अभियान मंसिर …

राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौं : वर्षमान पुन

८ कात्तिक, रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय जागरण अभियानमार्फत स्थानीय तह निर्वाचनको तयारी गर्ने बताएका छन् ।

पार्टीले शनिबारदेखि देशभर दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको जानकारी दिँदै पुनले अभियान मंसिर २५ गते समापन हुने बताए ।

अभियानको उद्देश्य सरकारका राष्ट्रहितविपरीत र जनविरोधी गतिविधि तथा प्रतिबद्धताविपरीतका कामबारे जनतालाई सुसूचित गराउनु रहेको उनको भनाइ छ ।

‘गत फागुन २१ गते राष्ट्रिय स्वतन्त्र पार्टीले जुन उत्साह र प्रतिबद्धतासहित जनमत प्राप्त गरेको थियो, त्यसपछि सरकार बनेसँगै जनतामा उत्साह थियो । खासगरी युवाहरूमा नयाँ खालको जागरण थियो’, पुनले भने, ‘तर, सात महिनाको अवधिमा त्यो उत्साह विस्तारै सेलाउँदै गएको छ । जनतालाई झुक्याइयो भन्ने खालको वितृष्णा पैदा भएको छ ।’

स्थानीय तह निर्वाचनको तयारीमा देश अघि बढिरहेको उल्लेख गर्दै पुनले पार्टीले राष्ट्रिय जागरण अभियानमार्फत जनतामाझ पुग्ने र निर्वाचनको तयारी गर्ने बताए ।

रोल्पामा पनि शनिबार नेता पुनले लिबाङमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
10h ago
विराटनगरमा भू–सेवा सञ्चालन गर्ने तयारी

विराटनगरमा भू–सेवा सञ्चालन गर्ने तयारी

मोरङ – विराटनगर महानगरपालिकाले आफ्नो १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनको तयारीमा लागेको छ। यससँगै कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक ...

#तयारी
Compare →
Nagarik News
20h ago
प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीका दाजु कौशलेन्द्र शाहसँग जिल्लाका विभिन्न स्थानको निरीक्षण गरेपछि सांसद झाले छठ पर्वको पूर्वसन्ध्यामा तयारी पूरा भएको जानकारी दिएका हुन्।

#तयारी
Compare →
Ekantipur
1d ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभावित भएको छ।

#तयारी
Compare →
Bizshala
1d ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#तयारी
Compare →
Arthasansar
1d ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →

Related Stories

Politics & Governance
Build #2612