Trending
Prev Story
Next Story

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

Ekantipur •
November 13, 2026 • 07:02 AM
2
2 reads 0 reactions

मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभावित भएको छ।

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभावित भएको छ।

खोटाङ — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट छनोट भएका खेलाडी उत्साहित छन् । बन्द प्रशिक्षणमा रहेका कराते, भलिबल, कबड्डीलगायतका खेलाडी प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित तयारीमा जुटेका छन् ।

करातेका १७ इभेन्टका खेलाडी गत कात्तिक ८ गतेदेखि बन्द प्रशिक्षणमा छन् । प्रदेश र दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जित हात पार्ने लक्ष्यका साथ प्रशिक्षण लिइरहेको खेलाडीहरूको भनाइ छ । ‘हाम्रो बन्द प्रशिक्षण राम्रो भइरहेको छ,’ कराते खेलाडी सूर्यचन्द्र राईले भने, ‘काता र कुमिते दुवैमा राम्रो पोजिसन आउँछ भन्नेमा विश्वस्त छौं ।’

करातेकै खेलाडी युमसाम राईले पनि यसपटक पदक जित्ने लक्ष्यसहित बन्द प्रशिक्षण भइरहेको बताइन् । नवौं राष्ट्रिय खेलकुदमा पदक जितेका र विभिन्न राष्ट्रियस्तरका खेलमा सहभागी भइसकेका खेलाडी भएकाले दशौं राष्ट्रिय खेलकुदमा पनि पदक जित्नेमा आशावादी रहेको प्रशिक्षक सञ्जयकुमार राईले बताए । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरू, विभिन्न राष्ट्रिय खेलमा सहभागी भइसकेका अनुभवी खेलाडीहरू भएकाले दशौंमा पनि पदक जित्छन् भन्नेमा आशावादी छौं,’ राईले भने, ‘तर आर्थिक अभावले भनेजस्तो व्यवस्थापन गर्न सकिएन ।’

खोटाङबाट छनोट भएका कराते खेलाडी सुनसरीको इटहरीमा मङ्सिर ३ गतेदेखि हुने कोशी प्रदेशस्तरीय खेलमा सहभागी हुनेछन् । प्रदेशस्तरीय छनोटमा परेका खेलाडी कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनेछन् ।

त्यस्तै, खोटाङबाट छनोट भएका भलिबल खेलाडी पनि उत्साहित छन् । जित हात पार्ने लक्ष्यसहित उनीहरू कात्तिक १५ गते जिल्ला छनोट हुनासाथ बन्द प्रशिक्षणमा जुटेका हुन् । अहिलेको अवस्थामा खेलाडीको प्रदर्शन हेर्दा महिला र पुरुष दुवै टोलीले जित हात पार्ने अपेक्षा रहेको भलिबल प्रशिक्षक जितेन्द्र राईले बताए । ‘हामी जित निकाल्ने गरी बन्द प्रशिक्षणमा छौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भइसकेका र राष्ट्रिय खेलहरूमा खेलिसकेका खेलाडी भएकाले जित हुन्छ भन्ने आशा गरेका छौं ।’

उमेरका हिसाबले २१ वर्ष ननाघेका र ६ फिट अग्ला अनुभवी खेलाडी भएकाले पदक जित्ने लक्ष्यसहित बन्द प्रशिक्षणमा राखिएको जिल्ला भलिबल संघ खोटाङका अध्यक्ष दिलचक्र राईले बताए । जिल्ला छनोटमा उमेर र उचाइलाई मुख्य आधार मानेर खेलाडी छनोट गरिएको र उनीहरूलाई त्यही आधारमा बन्द प्रशिक्षणमा राखिएको उनको भनाइ छ । ‘२१ वर्ष ननाघेका ६ फिट अग्ला खेलाडी छन्, खेल पनि राम्रो छ,’ राईले भने, ‘त्यसमा पनि अनुभवी खेलाडी भएकाले जित पक्कै हुन्छ भन्नेमा विश्वस्त छौं ।’

तर, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट उपलब्ध नगराइएकाले सहयोग जुटाएर बन्द प्रशिक्षणमा राख्नुपरेको राईको गुनासो छ । आगामी मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुने र प्रदेशमा छनोट भएका खेलाडी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने उनले बताए । खोटाङबाट महिला १२ र पुरुष १२ गरी २४ खेलाडी तथा महिला र पुरुष एक–एक जना व्यवस्थापकसहित २६ जनाको टोली सहभागी हुनेछ ।

तेक्वान्दोमा राम्रो सम्भावना हुँदाहुँदै पनि आर्थिक अभावले बन्द प्रशिक्षणमा राख्न नसकिएको प्रशिक्षक मोहन राईले बताए । तेक्वान्दोमा महिला १२ र पुरुष १२ गरी २४ खेलाडी छनोट गरेर प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउने तयारी गरिएको उनले सुनाए । ‘जिल्ला छनोटमा परेका तेक्वान्दोका खेलाडी राम्रा छन्, तर राम्रो हुँदाहुँदै पनि आर्थिक अभावले बन्द प्रशिक्षणमा राख्न सकिएन,’ राईले भने, ‘राम्रै भए पनि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षित गराउन पाएको भए झन् राम्रो हुन्थ्यो, बाध्यताले त्यसो गर्न सकिएन ।’

जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष मिलन कसजूका अनुसार कोशी प्रदेश खेलकुद विकास बोर्डले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कम बजेट पठाएकाले समस्या भएको हो । उनका अनुसार जिल्ला छनोट र व्यवस्थापनका लागि दुई लाख ७५ हजार रुपैयाँ मात्र पठाइएको छ । उक्त रकम पर्याप्त नभएकाले सम्बन्धित खेल संघहरूको व्यवस्थापनमा बन्द प्रशिक्षण सञ्चालन गरिएको कसजूले बताए ।

खोटाङमा कराते, कबड्डी, भलिबल र क्रिकेटको बन्द प्रशिक्षण सञ्चालन गरिएको छ । ‘जिल्ला छनोट र व्यवस्थापनका लागि प्रदेश खेलकुद विकास बोर्डले जम्मा दुई लाख ७५ हजार पठाएको छ,’ कसजूले भने, ‘यति पैसाले जिल्ला छनोट र व्यवस्थापन गर्न कसरी पुग्छ त ?’

गत वर्ष भने कोशी प्रदेश खेलकुद विकास बोर्डले आठ लाख ४० हजार रुपैयाँ पठाएको थियो । तर, खेल स्थगित भएपछि उक्त बजेट फिर्ता गरिएको कसजूले बताए ।

खोटाङबाट कराते, तेक्वान्दो, पौडी, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भारोत्तोलन, साइक्लिङ, आर्चरी, स्क्वास, क्रिकेट, भलिबल, फुटबल, एथलेटिक्स, कबड्डी र चेस गरी १६ खेलका लागि २०३ खेलाडी छनोट भएका छन् । यसबाहेक ३१ जना प्रशिक्षक र व्यवस्थापक पनि खेलाडीसँगै सहभागी हुनेछन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
19h ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभा...

#तयारी #खेलकुद #खोटाङ
Compare →
Onlinekhabar
52m ago
खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

२८ कात्तिक, काठमाडौं । रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापति …

#बजेट
Compare →
Nagarik News
11h ago
प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीका दाजु कौशलेन्द्र शाहसँग जिल्लाका विभिन्न स्थानको निरीक्षण गरेपछि सांसद झाले छठ पर्वको पूर्वसन्ध्यामा तयारी पूरा भएको जानकारी दिएका हुन्।

#तयारी
Compare →
Bizshala
19h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#तयारी
Compare →
Arthasansar
21h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →

Related Stories

Sports
Build #2612