काठमाडौँ। युक्रेनका रक्षामन्त्री येभेनी खमाराले स्टारलिंक र यसको सैन्य संस्करण स्टारसिल्डको सञ्चार गति प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी पुगेको बताएका छन्। एक साताभन्दा लामो समयदेखि सेवा सीमित हुँदा युक्रेनी सेनाको सञ्चार र सैन्य कारबाही प्रभावित भएको थियो।
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खमाराले रक्षा मन्त्रालयको अनुगमन प्रणालीले दुवै सेवाको गति सामान्य अवस्थामा फर्किएको र कनेक्सन स्थिर रहेको देखाएको बताए। यद्यपि, सेवा पूर्ण रूपमा पुनःस्थापित भएको हो वा होइन भन्नेबारे मन्त्रालयले स्पष्ट पारेको छैन।
Read full story at source ( ratopati.com )