Trending
Prev Story
Next Story

फिल्ममा आउनै चाहँदैनथे शाहरूख

Ekantipur •
October 13, 2026 • 01:41 PM
1
1 reads 0 reactions

भनेका थिए– ‘आमाको सपनाले डोहोर्‍यायो’

फिल्ममा आउनै चाहँदैनथे शाहरूख

भनेका थिए– ‘आमाको सपनाले डोहोर्‍यायो’

काठमाडौँ — सन् १९९२ मा पहिलो फिल्म ‘दिवाना’ खेल्नुअघि नै शाहरूख खान टेलिभिजनमा एक सफल अभिनेताका रूपमा स्थापित भइसकेका थिए । सन् १९८८ मा नै उनले लेख टण्डनको टेलिभिजन सिरिज ‘दिल दरिया’ बाट अभिनय यात्रा थालेका थिए । तर दर्शकमा भने उनको अर्को सिरिज ‘फौजी’ पहिले रिलिज भयो ।

राजकुमार कपुरको निर्देशन रहेको ‘फौजी’ मा उनी अभिमन्यू राईको फौजी चरित्रमा मुख्य अभिनेता थिए । त्यसपछि ‘ब्याक–टू–ब्याक’ अजिज मिर्जाको ‘सर्कस’ र मणि कौलको ‘इडियट’ मा देखिए । सन् १९८९ को ‘उमीद’, ‘वाग्ले कि दुनिया’ देखि अंग्रेजी भाषाको टेलिफिल्म ‘इन ह्वीच एनी गिभ्स इट दोज वन्स’ मा काम गरिसकेका थिए ।

उक्त अंग्रेजी टेलिफिल्ममा काम गरिसकेपछि भने शाहरुखको अभिनय र शैलीलाई त्यसताकका चल्तीका अभिनेता दिलिपकुमारसँग तुलना गरिन थालियो । फिल्ममा अफर आउन थाले पनि शाहरुखले भने त्यसबारेमा सुरुवातमा अनिच्छा देखाएका थिए ।

तर, जब उनले फिल्म क्षेत्रमा प्रवेश गर्नेबारे सोचे, त्यसबेला उनलाई फिल्म आफ्नो लागि सही करिअर हो भन्नेमा पूर्ण विश्वास थिएन । सोही वर्ष (१९९१) को एक पुरानो अन्तर्वार्तामा उनकी आमाको इच्छाले कसरी शाहरुखको निर्णयमा प्रभाव पारेको थियो भन्ने कुरा खुल्छ ।

त्यसबेला २४ वर्षका शाहरुखले धेरै वटा प्रोजेक्टहरू हस्ताक्षर गरिसकेका थिए, तर पनि उनी आफूले फिल्ममा आउन धेरै ढिला त गरिरहेको छैन भन्ने प्रश्न आफैंलाई गर्थे ।

भारतीय फिल्मका सबैभन्दा चर्चित कलाकार बन्नुअघि शाहरूख खानले टेलिभिजनमा आफ्नो छुट्टै पहिचान बनाइसकेका थिए । सन् १९९१ सम्ममा उनले ‘चमत्कार’ (त्यसबेलाको नाम ‘भूत मेरा दोस्त’), ‘दिल आशना है’ र ‘किंग अंकल’ जस्ता फिल्महरू साइन गरिसकेका थिए । यद्यपि, उनले ‘दिवाना’ साइन गरिसकेका थिएनन्, जुन सन् १९९२ मा उनको पहिलो थिएटर रिलिज बनेको थियो ।

यी अवसरहरूका बाबजुद शाहरुखले आफू कहिल्यै पनि फिल्म उद्योगप्रति आकर्षित नभएको बताईरहेका थिए । हुन त त्यसताक फिल्ममा भन्दा टेलिफिल्ममा दर्शकहरु बढि थिए । टेलिफिल्ममा खेल्नु भनेको आम दर्शकका घरघरका टिभी सेटमा पुग्नु थियो ।

टेलिफिल्म र टेलिसिरियलबाट जनप्रीय बनिसकेका शाहरुखका लागि छँदाखाँदाको टिभी करिअरलाई लत्याएर फिल्म खेल्दा असफल पो हुने हो की भन्ने चिन्ता निकै थियो । सन् १९९१ को सुरुमा उनकी आमा लतिफ फातिमा खानको निधन भएपछि भने उनको दृष्टिकोण बदलियो । उनकी आमा चाहन्थिन्, शाहरूखले फिल्म खेलोस् ।

‘म कहिल्यै फिल्मप्रति आकर्षित भइनँ,’ ‘डेक्कन हेराल्ड’सँगको त्यो पुरानो अन्तर्वार्तामा शाहरूखले भनेका थिए, ‘वास्तवमा, जब जब मैले फिल्म उद्योग र यसका शैलीहरूका बारेमा सुनेको छु, मलाई अलिक दिक्क लाग्थ्यो । म यसको हिस्सा बन्नै चाहँदिन थिएँ । तर आमाको निधन भएपछि मैले आफ्नो विचार बदलेँ । म उहाँलाई धेरै माया गर्थें र उहाँ सधैं मलाई कुनै न कुनै दिन ठूलो पर्दामा (सिल्भर स्क्रिन) हेर्न चाहनुहुन्थ्यो । सायद अहिले धेरै ढिला भइसकेको छ, तर पनि म उहाँकै लागि भए पनि यो गरिरहेको छु ।’

उनले थपे, ‘यसबाहेक, म अब हाम्रो दिल्लीको घरमा बस्नै सक्दिनँ । त्यहाँका सबै कुराले मलाई उहाँको सम्झना दिलाउँछन् । म बम्बई सर्न चाहन्छु, एउटा स्पष्ट ब्रेक लिन चाहन्छु र २४ सै घण्टा काममा व्यस्त रहन चाहन्छु ।’

उक्त अन्तर्वार्तामा शाहरूखले अभिनय क्षमता बढाउन आफ्ना परम्पराभन्दा फरक विचारहरू पनि व्यक्त गरेका थिए । भनेका थिए, ‘अभिनय गर्न चाहने व्यक्तिलाई कुनै औपचारिक कक्षाको आवश्यकता पर्छ भन्नेमा म विश्वास गर्दिनँ ।’ बरु उनले यसको साटो अवलोकन, अभ्यास र आफ्ना कमजोरीहरूबाट सिक्नु नै अभिनय प्रदर्शन सुधार्नका लागि अत्यावश्यक हुने भनाई पेश गरेका थिए ।

‘मैले त्यसरी नै अभिनय सिकेको हुँ, नराम्रा कलाकारहरूलाई हेरेर र उनीहरूले कसरी काम बिगार्छन् भन्ने देखेर । म आशा चन्द्रा वा रोशन तनेजाको अभिनय कक्षामा जाने सपना पनि देख्दिनँ । म सायद उनीहरूलाई नै अभिनयका एक–दुई कुरा सिकाउन सक्छु । मेरो विश्वास छ कि कसैले पनि तपाईंलाई कसरी अभिनय गर्ने भनेर सिकाउन सक्दैन,’ शाहरूखले त्यसबेला नै भनेका थिए, ‘यो तपाईं भित्रै हुनुपर्छ, अन्यथा यो सम्भव छैन । अवश्य पनि, अरू सबै कुरा जस्तै अभिनय पनि अभ्याससँगै सुधारिन्छ । तपाईं आफ्ना गल्तीहरू गर्नुहुन्छ र तिनैबाट सिक्नुहुन्छ ।’

टेलिभिजन कलाकारदेखि ग्लोबल सुपरस्टारसम्म

उक्त अन्तर्वार्ताको तीन दशकभन्दा बढी समयपछि शाहरूख खान यतिबेला अन्तर्राष्ट्रिय रूपमा परिचित फिल्म स्टार बनिसकेका छन् । अथवा, कतिपयले त उनलाई बलिउडको ‘अन्तिम स्टार’ पनि भन्न थालेका छन् । उनको करिअरमा धेरै किसिमका अभिनय र व्यावसायिक रूपमा सफल फिल्महरू समावेश छन् । किङ खान अहिले सिद्धार्थ आनन्दद्वारा निर्देशित आफ्नो नयाँ ठूलो फिल्म ‘किङ’ को तयारीमा छन् । यो फिल्म यही क्रिसमसको छेकोमा प्रदर्शन हुने तालिका रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
ओटीटीमा यो साता मनोरञ्जनको धमाका, आउँदैछन् एकैदिन ८ फिल्म र सिरिज

ओटीटीमा यो साता मनोरञ्जनको धमाका, आउँदैछन् एकैदिन ८ फिल्म र सिरिज

काठमाडौं । घरमै बसेर नयाँ फिल्म तथा सिरिज हेर्न रुचाउने दर्शकका लागि यो शुक्रबार ओटीटीमा मनोरञ्जनको नयाँ खुराक थपिँदैछ । नोभेम्बर १३ अर्थात् भोलि शुक्रबार विभिन्न ओटीटी प्लेटफर्ममा ८ नयाँ फिल्म तथा सिरिज सार्वजनिक हुँदैछन् …

#फिल्म
Compare →
Hamro Patro News
1d ago
एक्सन र बदलाको कथामा इमरान हाशमी, सार्वजनिक भयो फिल्मको ट्रेलर

एक्सन र बदलाको कथामा इमरान हाशमी, सार्वजनिक भयो फिल्मको ट्रेलर

भारतीय अभिनेता इमरान हाशमी अभिनीत आगामी फिल्म 'गनमास्टर जी९'को ट्रेलर सार्वजनिक भएको छ। बुधबार बेलुका सार्वजनिक ट्रेलरमा इमरानलाई ग्याङ्स्टरको भूमिकामा प्रस्तुत गरिएको छ। प्रेम र बदलाको कथालाई केन...

#फिल्म
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612