Trending
Prev Story
Next Story

चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो

Ekantipur •
October 13, 2026 • 03:55 PM
1
1 reads 0 reactions

दसैं, तिहार र छठमा बढ्ने मागलाई ध्यान दिँदै आयातित चिनी वीरगन्जबाट देशभरका बजारमा पठाउन थालिएको छ।

चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो

दसैं, तिहार र छठमा बढ्ने मागलाई ध्यान दिँदै आयातित चिनी वीरगन्जबाट देशभरका बजारमा पठाउन थालिएको छ।

पर्सा — ठूला चाडपर्व नजिकिएसँगै बजारमा चिनीको अभाव हुन नदिन भारतबाट आयात भइरहेको २५ हजार टन चिनीमध्ये १० हजार ६ सय २३ टन वीरगन्ज नाकाबाट भित्रिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख अमोज लामिछानेका अनुसार असोज लागेयता उक्त परिमाणमा चिनी आयात भएको हो । हालसम्म चिनी बोकेका चारवटा रेल्वे र्‍याक वीरगन्ज आइपुगेका छन् । ‘चाडपर्वमा चिनीको माग बढ्ने भएकाले आयातलाई प्राथमिकता दिएका छौं,’ लामिछानेले भने, ‘आइसकेको चिनी बजारमा पठाउन पनि सुरु गरिसकेका छौं ।’

भारतको गुजरातस्थित रेणुका सुगर मिलबाट चिनी खरिद गरिएको हो । कुल २५ हजार टनमध्ये कर्पोरेसनले २२ हजार ५ सय टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ हजार ५ सय टन चिनी प्राप्त गर्नेछन् । साल्टको चिनीमध्ये ५ हजार टन बिराटनगर प्रादेशिक कार्यालयले पाउने छ ।

आयातित चिनी वीरगन्जबाट मुलुकका विभिन्न बजारमा पठाउन थालिएको छ । दसैं, तिहार र छठजस्ता चाडपर्वमा घरायसी उपभोगसँगै मिठाई, बेकरी तथा अन्य खाद्य सामग्री उत्पादनमा चिनीको खपत बढ्ने भएकाले मागअनुसार आपूर्ति व्यवस्थापन गर्न सरकारी स्वामित्वका संस्थानमार्फत चिनी आयात गरिएको हो ।

चाडपर्वका बेला बजारमा चिनीको अभाव हुन नदिन र मूल्यमा अनावश्यक दबाब पर्न नदिन आयातलाई प्राथमिकता दिइएको कर्पोरेसनले जनाएको छ ।

वीरगन्ज नेपालको प्रमुख व्यापारिक नाका हुनुका साथै सिर्सिया सुक्खा बन्दरगाहसम्म भारतीय रेलमार्फत सामान ढुवानी गर्न सकिने भएकाले ठूलो परिमाणमा चिनी आयातका लागि यो नाका प्रयोग हुँदै आएको छ ।

सरकारी संस्थानमार्फत हुने चिनी आयातले चाडपर्वका बेला बजारमा आपूर्ति सहज बनाउन तथा निजी बजारमा मूल्य स्थिर राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
वीरगन्ज नाकाबाट ३० अर्ब ६२ करोड रुपैयाँको भटमासको तेलको निर्यात, अन्य कति भए निकासी ?

वीरगन्ज नाकाबाट ३० अर्ब ६२ करोड रुपैयाँको भटमासको तेलको निर्यात, अन्य कति भए निकासी ?

काठमाडौं । वीरगन्ज नाकाबाट हुने निर्यात व्यापारमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वस्तुअनुसार फरक प्रवृत्ति देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस त...

#वीरगन्ज #नाका
Compare →
Nagarik News
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

पर्साको वीरगन्जमा रहेको वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक कैदी फरार भएका छन्।

#वीरगन्ज
Compare →
Arthasansar
3d ago
नेपाल संवत्काे  अवसरमा प्रधानमन्त्रीको शुभकामना  : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

नेपाल संवत्काे अवसरमा प्रधानमन्त्रीको शुभकामना : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने...

#चाडपर्व
Compare →

Related Stories

Business & Economy
Build #2611