Trending
Prev Story
Next Story

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको संकेत

Nagarik News •
October 24, 2026 • 08:56 AM
1
1 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने सङ्केत दिँदै आवश्यक परे अमेरिकाले इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई आफ्नो नियन्त्रणमा लिन सक्ने दाबी गरेका छन्।

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने संकेत  दिँदै आवश्यक परे अमेरिकाले इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई आफ्नो नियन्त्रणमा लिन सक्ने दाबी गरेका छन्।

फ्लोरिडामा आयोजित एक ¥यालीमा सहभागी हुन ह्वाइट हाउसबाट निस्कने क्रममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको बताए।

‘इरानले अहिले खासै केही गर्न सक्ने अवस्थामा छैन। हामीले चाह्यौँ भने त्यहाँको सबै तेल कब्जा गर्न सक्छौँ,’ उनले भने।, ‘हामी पूरै देश नै कब्जा गर्न सक्छौँ।’

इरानसँगको द्वन्द्व अझै एक वर्षसम्म लम्बिन सक्ने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जको भनाइबारे सोधिएको प्रश्नमा ट्रम्पले द्वन्द्व छिट्टै अन्त्य गर्न सकिने बताए।

‘हामी यसलाई निकै छिटो अन्त्य गर्न सक्छौँ। प्रश्न यो हो, के हामी यसलाई पूर्ण रूपमा टुङ्ग्याउन चाहन्छौँ वा आफैँ कमजोर हुँदै जान दिने हो ?’  उनले भने।

पछि फ्लोरिडामा आयोजित ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्ध अर्को सैन्य कारबाही सञ्चालन गर्न सकिने सङ्केत गरे।

‘हामी अर्को एउटा सानो ‘एपिक फ्युरी’ सञ्चालन गर्न सक्छौँ,’ उनले भने। ‘एपिक फ्युरी’ नाम अमेरिकाले फेब्रुअरी २८ मा इजरायलसँग समन्वय गर्दै इरानविरुद्ध सञ्चालन गरेको सैन्य कारबाहीसँग सम्बन्धित छ।

अमेरिका र इजरायलले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो।

यद्यपि, इरानविरुद्ध अर्को सैन्य कारबाही सञ्चालन गर्न ट्रम्पले अन्तिम स्वीकृति दिने नदिने विषय अझै अनिश्चित रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले अमेरिका र इरानबीचको तनाव थप चर्किन सक्ने सङ्केत गरेको छ।

प्रकाशित: ७ कार्तिक २०८३ १४:४१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
18h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प #इरान #अमेरिकी
Compare →
Onlinekhabar
1d ago
इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

२६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरान युद्धलाई लिएर तनाव बढेको छ। इजरायली सञ्चारमाध्यम यनेटको रिपोर्टअनुसार दुई नेताबीच फोनमा चर्को बहस भएको थियो। यस क्रममा उनीहरू एकअर्कामाथि कराउन …

#ट्रम्प #इरान #इरानमाथि
Compare →
Hamro Patro News
1d ago
इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्। भेटरन्स डे (पूर्वसैनिक दिवस) का अवसरमा अमेरिकी सैनिक...

#ट्रम्प #इरान #अमेरिकी
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प #अमेरिकी
Compare →
Ekantipur
1d ago
हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानका सर्तहरूमा अमेरिकी जलसेनाको नाकाबन्दी तथा प्रतिबन्धहरू फुकुवा, रोक्का राखिएको इरानी सम्पत्ति फिर्ता, सबै मोर्चामा युद्धविराम र युद्ध अन्त्यको स्पष्ट घोषणा समावेश छन्

#इरान #अमेरिकी
Compare →

Related Stories

World News
Build #2612