Trending
Prev Story
Next Story

छठको तयारी : सिरहाका बजारमा बढ्यो चहलपहल (तस्वीरहरू)

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ कात्तिक, सिरहा । लोकआस्था र श्रद्धाको पर्व छठ नजिकिँदै गर्दा सिरहाका बजारमा चहलपहल बढ्न थालेको छ । छठ पूजाका लागि आवश्यक बाँसका सामग्री खरिद गर्न सर्वसाधारण बजार पुग्न थालेका छन् । छठमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा …

छठको तयारी : सिरहाका बजारमा बढ्यो चहलपहल (तस्वीरहरू)

७ कात्तिक, सिरहा । लोकआस्था र श्रद्धाको पर्व छठ नजिकिँदै गर्दा सिरहाका बजारमा चहलपहल बढ्न थालेको छ ।

छठ पूजाका लागि आवश्यक बाँसका सामग्री खरिद गर्न सर्वसाधारण बजार पुग्न थालेका छन् ।

छठमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा प्रयोग गरिने ढाकी, सुप, नाङ्लो र कोनियाजस्ता सामग्रीको किनमेल बढेसँगै बजारमा पर्वको रौनक देखिन थालेको हो ।

छठ पर्वमा बाँसबाट बनेका सामग्रीको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेकाले पूजाको तयारीमा जुटेका परिवारको रोजाइमा यस्ता सामग्री पर्ने गरेका छन् ।

पर्व नजिकिएसँगै बाँसका सामग्री बिक्री गर्ने व्यापारीहरू पनि ग्राहकको प्रतीक्षामा छन् ।

बजारमा देखिन थालेको चहलपहलले छठको आगमनसँगै जिल्लामा पर्वको उत्साह बढ्दै गएको संकेत गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
18h ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व #चहलपहल #तयारी
Compare →
Nagarik News
7h ago
प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीका दाजु कौशलेन्द्र शाहसँग जिल्लाका विभिन्न स्थानको निरीक्षण गरेपछि सांसद झाले छठ पर्वको पूर्वसन्ध्यामा तयारी पूरा भएको जानकारी दिएका हुन्।

#पर्व #छठको #तयारी
Compare →
Hamro Patro News
9h ago
विराटनगरमा यसरी हुँदैछ छठको तयारी (फोटोफिचर) 

विराटनगरमा यसरी हुँदैछ छठको तयारी (फोटोफिचर) 

तराई-मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ पर्व सुरु भएसँगै विराटनगरका घाटहरू सजाउन थालिएको छ। छठ पर्वका लागि विराटनगरका खोला, नहर तथा पोखरी किनारमा रहेका घाटहरू सजाउन थालिएको हो। पर्वलाई व...

#पर्व #छठको #तयारी
Compare →
Ekantipur
16h ago
कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

#पर्व #चहलपहल
Compare →

Related Stories

Business & Economy
Build #2611