Trending
Prev Story
Next Story

नेकपाको राष्ट्रिय जागरण अभियानमा १९ बुँदे उद्देश्य सार्वजनिक

Nagarik News •
October 24, 2026 • 07:29 AM
2
2 reads 0 reactions

नेकपाले अभियान सञ्चालनका लागि १९ बुँदे उद्देश्य तय गरेको छ। अभियानमार्फत महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, बेथिति र असुरक्षाविरुद्ध जनताको आवाज संगठित गर्ने पार्टीको लक्ष्य छ।

नेकपाको राष्ट्रिय जागरण अभियानमा १९ बुँदे उद्देश्य सार्वजनिक

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु गर्दैछ। पार्टीले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको संरक्षण, सुशासन, सामाजिक न्याय, जनजीविकाका सवालमा जनमत निर्माण तथा पार्टी संगठन सुदृढीकरणलाई अभियानको प्रमुख उद्देश्य बनाएको छ।

नेकपाले अभियान सञ्चालनका लागि १९ बुँदे उद्देश्य तय गरेको छ। अभियानमार्फत महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, बेथिति र असुरक्षाविरुद्ध जनताको आवाज संगठित गर्ने पार्टीको लक्ष्य छ।

पार्टीले लोकतान्त्रिक अधिकार, गणतन्त्र, संविधान, विधिको शासन र सुशासनका पक्षमा जनजागरण सिर्जना गर्ने तथा राष्ट्रिय हित, स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र बाह्य हस्तक्षेपका विषयमा जनतालाई सचेत बनाउने जनाएको छ।

त्यस्तै, प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्ने उद्देश्य पनि अभियानमा समेटिएको छ।

संगठनात्मक रूपमा पार्टी सदस्यता नवीकरण तथा अभिलेख अद्यावधिक गर्ने, नयाँ सदस्य विस्तार गर्ने र पार्टी तथा जनवर्गीय संगठनको बाँकी समायोजन पूरा गर्ने नेकपाको योजना छ। टोल तथा बस्तीसम्म राजनीतिक–वैचारिक प्रशिक्षण विस्तार गर्ने र पार्टीका सबै तहलाई सक्रिय, जिम्मेवार तथा परिणाममुखी बनाउने लक्ष्य पनि राखिएको छ।

आगामी महाधिवेशनको तयारीका लागि पार्टी सदस्य, शुभेच्छुक र सर्वसाधारणबाट राजनीतिक, वैचारिक, संगठनात्मक, आर्थिक तथा कार्यशैलीसम्बन्धी सुझाव संकलन गरिने नेकपाले जनाएको छ। पार्टीभित्र जिम्मेवारी निर्धारण, कार्यसम्पादन, अनुगमन र मूल्यांकनको व्यवस्थित प्रणाली विकास गर्ने तथा बाँकी जिल्ला, पालिका र वडा तहमा पार्टी कार्यालय स्थापना गर्ने योजना पनि अभियानका उद्देश्यमा छन्।

पार्टीले वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रबीच नियमित तथा संस्थागत रिपोर्टिङ प्रणाली लागू गर्ने, प्रचार–प्रकाशन र डिजिटल सञ्चारलाई तथ्यमा आधारित तथा आधुनिक बनाउने र महिला, युवा, विद्यार्थी, श्रमिक, किसान, दलित, आदिवासी जनजाति, मधेसीलगायत समुदायको अर्थपूर्ण सहभागिता तथा नेतृत्व विकासलाई प्रोत्साहन गर्ने जनाएको छ।

यसैगरी, देशभक्त, लोकतान्त्रिक, वामपन्थी, सामाजिक अभियन्ता, नागरिक समाज, बुद्धिजीवी तथा जनप्रतिनिधिसँग साझा जनसरोकारका विषयमा संवाद र सहकार्य बढाउने नेकपाको योजना छ।

अभियानका क्रममा स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक परिस्थिति, विभिन्न राजनीतिक दलको अवस्था, भूमिका, प्रभाव र जनआधारको तथ्यगत अध्ययन गरिनेछ। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीतिक शक्तिको सम्भावित स्थिति र प्रभाव विश्लेषण गरी आवश्यक रणनीति तयार पार्ने उद्देश्यसमेत नेकपाले राखेको छ।

पार्टीको राजनीतिक कार्ययोजना, विचार र कार्यक्रमबारे जनतालाई स्पष्ट पार्नुका साथै आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारी गर्नु पनि अभियानका प्रमुख उद्देश्य हुन्।

प्रकाशित: ७ कार्तिक २०८३ १३:१४ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
नेकपाको जनजागरण अभियान : टोलटोलमा कार्यक्रम, व्यक्तिव्यक्तिसँग भेटघाट

नेकपाको जनजागरण अभियान : टोलटोलमा कार्यक्रम, व्यक्तिव्यक्तिसँग भेटघाट

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले संगठन विस्तार र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित दुईमहिने जनजागरण अभियान सुरु गरेको छ। केन्द्रीय निर्देशनअनुसार जिल्लाका आठवटै स्थानीय तहका गाउ...

#अभियान #नेकपा #जागरण
Compare →
Onlinekhabar
11h ago
नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

२७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राष्ट्रिय मुद्दाहरूमासँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता पौडेलले देशमा रहेका नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय, …

#नेकपा
Compare →
Ekantipur
5d ago
फरक विचार भए पनि देशप्रेम साझा उद्देश्य : सविना काफ्ले

फरक विचार भए पनि देशप्रेम साझा उद्देश्य : सविना काफ्ले

आइतबार कुकुर तिहारका अवसरमा आयोजित कार्यक्रममा उनले फरक राजनीतिक विचार भए पनि नेपालको विशिष्ट पहिचान विश्वसामु चिनाउनु सबैको साझा जिम्मेवारी रहेको बताइन् ।

#उद्देश्य
Compare →
Arthasansar
5d ago
कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसर पारेर गोल्याण फाउण्डेशनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले ‘एक दिनको...

#अभियान
Compare →
Bizshala
1w ago
यामाहाको ‘चङ्गा चेट’ अभियानमा सरस्वतीले जितिन् १० लाख ३ हजार रुपैयाँ

यामाहाको ‘चङ्गा चेट’ अभियानमा सरस्वतीले जितिन् १० लाख ३ हजार रुपैयाँ

काठमाण्डौ ।  यामाहा नेपालको चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल...

#अभियान
Compare →

Related Stories

Politics & Governance
Build #2612