Trending
Prev Story
Next Story

भानुआटु नजिक शक्तिशाली भूकम्प

Nagarik News •
October 24, 2026 • 05:36 AM
1
1 reads 0 reactions

संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भानुआटुको सोला सहरबाट करिब २०० किलोमिटर पश्चिममा समुद्रको सतहबाट १० किलोमिटर गहिराइमा थियो।

भानुआटु नजिक शक्तिशाली भूकम्प

प्रशान्त महासागरमा रहेको भानुआटु नजिक शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ। सुरुमा ७.२ म्याग्निच्युड अनुमान गरिएको भूकम्पको तीव्रता पछि घटाइएको हो।

संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भानुआटुको सोला सहरबाट करिब २०० किलोमिटर पश्चिममा समुद्रको सतहबाट १० किलोमिटर गहिराइमा थियो।

भूकम्पपछि भानुआटुको भूगर्भीय जोखिम विभागले तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा जान चेतावनी दिएको थियो। हवाईस्थित सुनामी चेतावनी केन्द्रले पनि तटीय क्षेत्रमा खतरनाक छाल आउन सक्ने जनाएको थियो। पछि सुनामीको चेतावनी हटाइएको छ।

यूएसजीएसका अनुसार उक्त क्षेत्रनजिक ६.३ म्याग्निच्युडको अर्को भूकम्प पनि गएको थियो। भानुआटुका पूर्वप्रधानमन्त्री अलातोई इस्माएल कालसाकाउले शनिबार पाँचवटा भूकम्प गएको र परकम्प आइरहेको बताएका छन्। उनले बासिन्दालाई सुरक्षित रहन आग्रह गरेका छन्।

भानुआटु प्रशान्त महासागर वरपर फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ बारम्बार भूकम्प जाने गर्छ। घटनाबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन।

प्रकाशित: ७ कार्तिक २०८३ ११:२१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
2w ago
बैतडीमा भूकम्प धक्का

बैतडीमा भूकम्प धक्का

बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो...

#भूकम्प
Compare →
Hamro Patro News
2w ago
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूर पहाडमा धक्का महसुस

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूर पहाडमा धक्का महसुस

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूर पहाडमा धक्का महसुस केहि सेकेन्ड अघि बैतडी : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। आइतबार दिउँसो १ बजेर ६ मिनेटम...

#भूकम्प
Compare →
Onlinekhabar
1w ago
जापानको तटमा ६ म्याग्निच्युडको भूकम्प

जापानको तटमा ६ म्याग्निच्युडको भूकम्प

१५ कात्तिक, काठमाडौं । जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रबिन्दु मिए प्रान्तको राजधानी सुबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको थियो। साढे दुई लाखभन्दा बढी जनसङ्ख्या …

#भूकम्प
Compare →
Ekantipur
4d ago
मुग्लिन नजिक घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

मुग्लिन नजिक घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

पहिरो ठूलो भएकाले सडक खुलाउन समय लाग्न सक्ने र यात्रुहरू लामो समय जाममा पर्न सक्ने अवस्था छ।

#नजिक
Compare →

Related Stories

Science & Climate
Build #2611