Trending
Prev Story
Next Story

मुग्लिन नजिक घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

Ekantipur •
November 09, 2026 • 01:01 AM
1
1 reads 0 reactions

पहिरो ठूलो भएकाले सडक खुलाउन समय लाग्न सक्ने र यात्रुहरू लामो समय जाममा पर्न सक्ने अवस्था छ।

मुग्लिन नजिक घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

पहिरो ठूलो भएकाले सडक खुलाउन समय लाग्न सक्ने र यात्रुहरू लामो समय जाममा पर्न सक्ने अवस्था छ।

चितवन — मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र भुसन यादवले सोमबार सबेरै खसेको पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको जानकारी दिए ।

नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले राति तीन बजेतिर पहिरो खसेको बताए ।

राति पनि पहिरो सफा गरिएको र अहिले बिहानबाट फेरि पहिरो पन्छाउन सुरु भएको उनले बताए । पहिरोका कारण मुग्लिन हुँदै काठमाडौं जाने–आउने गाडीहरू चल्न सकेका छैनन् ।

पोषनाथ अधिकारी कान्तिपुर मिडिया ग्रुपका धादिङ संवाददाता हुन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)

२४ कात्तिक, काठमाडौं । घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएसँगै अवरुद्ध पृथ्वीराजमार्गमा अहिले सवारी अहिले सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर दिउँसो २ बजेपछि यातायात दुईतर्फी नै सञ्चालनमा आएको …

#पहिरो #घोप्टेभिर #पृथ्वी
Compare →
Hamro Patro News
4d ago
घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन ९ मिनेट अघि चितवन : पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रूपमा सञ्...

#पहिरो #घोप्टेभिर #पृथ्वी
Compare →
Nagarik News
4d ago
घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी यातायात सेवा नियमित भएको छ।

#पहिरो #घोप्टेभिर #पृथ्वी
Compare →
Bizshala
4d ago
मुग्लिन नजिक सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ ठप्प

मुग्लिन नजिक सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ ठप्प

काठमाण्डौ। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सोमबार सबेरै सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग...

#पहिरो #मुग्लिन #नजिक
Compare →
Arthasansar
4d ago
घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरस्थित कुरिनटारनजिकै पहिरो खसेको छ । बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  पहिरो हटाउन आवश्यक...

#पहिरो #पृथ्वी #घोप्टेभिर
Compare →

Related Stories

National (Nepal)
Build #2611