Trending
Prev Story
Next Story

सलकपुरमा कला उत्सव

Ekantipur •
October 13, 2026 • 06:19:36 PM
1
1 reads 0 reactions

शिल्पी नाट्य केन्द्रको आयोजनामा सुरु उत्सवमा नाटक, कविता, गजल, रेडियो नाटक र बालबालिकाका लागि कला कार्यशाला आयोजना भइरहेका छन्।

सलकपुरमा कला उत्सव

शिल्पी नाट्य केन्द्रको आयोजनामा सुरु उत्सवमा नाटक, कविता, गजल, रेडियो नाटक र बालबालिकाका लागि कला कार्यशाला आयोजना भइरहेका छन्।

विराटनगर — पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको मोरङको सुन्दरहरैंचा नगरपालिका–८, सलकपुर कला उत्सवमय बनेको छ । शिल्पी नाट्य केन्द्रको आयोजनामा सलकपुरस्थित ‘मुक्त रंगमञ्च’मा शुक्रबारदेखि सलकपुर कला उत्सव सुरु भएको हो ।

सोमबारसम्म चल्ने उत्सवको पहिलो दिन बिहान ८, ११ र दिउँसो २ बजे ‘च...च...हुँ...ई...’ प्रत्यक्ष रेडियो नाटक मञ्चन गरिएको थियो । त्यसपछि नगरप्रमुख केदारप्रसाद गुरागाईंले उत्सव उद्घाटन गरेका थिए । उद्घाटनपछि अपराह्न ‘कहाँ म हराएँ’ शीर्षकको नाटक मञ्चन गरिएको थियो । नाटकमा पवित्रा खड्का, संगीता उराउ, रविन परियार, गोविन्द ओली, सुमीत भण्डारी, सुहाना आचार्य, शुशिला विश्वकर्मालगायत कलाकारले अभिनय गरेका थिए ।

शनिबार ‘भुल्केमा कविता’ प्रस्तुतिसँगै साँझ ‘कहाँ म हराएँ’ नाटकको दोस्रो मञ्चन गरिएको थियो । कवि गोष्ठीमा बद्री भिखारी, रमेश रञ्जन झा, बादलदेवी चाम्लिङ, करुणा राई, रमेशचन्द्र अधिकारी, गगन योक्पाङ्देन, सिजन श्रेष्ठ, दीपा मग्राती र प्रयाग न्यौपानेले रचना वाचन गरे ।

आइतबार विद्यालयका बालबालिकाका लागि बिहान ११ र दिउँसो २ बजे ‘आर्ट वर्कसप’ आयोजना गरिएको थियो । सोही दिन दिउँसो ४ बजे ‘कहाँ म हराएँ’ नाटक तेस्रो पटक मञ्चन गरिएको थियो भने साँझ ५ बजे ‘जंगलमा गजल’ प्रस्तुत गरिएको थियो । कार्यक्रममा बाबु त्रिपाठी, उदय भट्टराई, बबिता भुजेल र रुपक वनवासीले गजल वाचन गरे ।

उत्सवको अन्तिम दिन सोमबार बिहान ‘च...च...हुँ...ई...’ प्रत्यक्ष रेडियो नाटकको दोस्रो मञ्चन हुनेछ । दिउँसो ३ बजे विद्यालयका बालबालिकाका लागि दोस्रो चरणको ‘आर्ट वर्कसप’ आयोजना गरिने आयोजकले जनाएको छ । साँझ ५ बजे गायिका एवं संगीत तथा नाट्य प्रतिष्ठानकी उपकुलपति झुमा लिम्बु र रैथाने ब्यान्डको प्रस्तुति रहनेछ ।

शिल्पी नाट्य केन्द्रका नाटक निर्देशक तथा अभिनेता घिमिरे युवराजले उत्सवमार्फत पूर्वमा कलाका लागि एउटा सानो प्रयासको थालनी गरिएको बताए । ‘सलकपुर कला उत्सवमार्फत नाटक, कविता, गजल, संगीत र अन्य सिर्जनात्मक गतिविधिलाई एउटै थलोमा जोड्ने प्रयत्न गरेका हौं,’ घिमिरेले भने ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौं । कुनै समय मन्दिरमा पूजिने देवीदेवताका प्रतिमा आज पश्चिमका संग्रहालयमा प्रदर्शनका सामग्री बनेका छन् । समुदायको आस्था र धार्मिक परम्परासँग जोडिएका मूर्ति, पाण्डुलिपि तथा ऐतिहासिक कलाकृति आफ्नो मूल परिवेशबाट कसरी विस्थापित भए ? तिनको …

#कला
Compare →
Hamro Patro News
6d ago
फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै

फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै

कास्की । नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुने भएको छ । पोखरा पर्यटन प...

#उत्सव
Compare →
Nagarik News
6d ago
रङ, संगीत र उज्यालोको उत्सव: तिहार

रङ, संगीत र उज्यालोको उत्सव: तिहार

दीपावली, यमपञ्चक तथा यमदीपदान नामले चिनिने पर्व तिहार नेपाली हिन्दु समाजको एउटा शारदीय उत्सव हो।

#उत्सव
Compare →

Related Stories

National (Nepal)
Build #2612