Trending
Prev Story
Next Story

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

Hamro Patro News •
October 24, 2026 • 02:45 AM
2
2 reads 0 reactions

वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । २८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छ...

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । २८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्।

उनी मध्यक्रममा ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाउन सक्ने क्षमता राख्छन्। रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनले ८७३ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन जोडेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ८४ रन हो। सबैखाले टी–२० क्रिकेटमा रदरफोर्डले २८३ खेलमा ५ हजार ९० रन बनाएका छन्। उनले यस प्रारूपमा ३२४ छक्का प्रहार गरेका छन्। उनको टी–२० ब्याटिङ स्ट्राइक रेट १४२.०५ छ।

Read full story at source ( arthasansar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
12h ago
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
12h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
12h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
14h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

Technology
Build #2612