काठमाडौं । बडादसैँ अन्तर्गत विजयादशमीको चौथो दिन (द्वादशी) आज पनि मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम देशभर जारी छ।
विजयादशमीका दिन टीका लगाउन नभ्याएका वा टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर टीका-जमरा लगाउने र शुभकामना साटासाट गर्ने क्रमले आज पनि निरन्तरता पाएको छ। नेपाली परम्परा अनुसार विजयादशमीका दिन सुरु भएको टीका र जमरा लगाउने यो सिलसिला आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म चल्ने गर्दछ।
Read full story at source ( nepalviews.com )