Trending
Prev Story
Next Story

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते

Ekantipur •
October 23, 2026 • 05:30 PM
1
1 reads 0 reactions

उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ ।

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते

उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ ।

काठमाडौँ — चीनको तिब्बत स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

शुक्रबार सार्वजनिक विवरणअनुसार भूकम्पले उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा ३३९ घर र २० वटा पशु गोठ भत्काएको छ ।

बिहीबार स्थानीय समयअनुसार राति १० बजेर ३३ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु नाग्छु क्षेत्रको बाकेन काउन्टीमा रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको गहिराइ करिब ११ माइल थियो ।

भूकम्पको केन्द्रबिन्दु आसपासको क्षेत्र समुद्री सतहबाट औसत ४ हजार ८६४ मिटर उचाइमा छ । यो सन् २०२४ जनवरीयताकै चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको रोयटर्सले जनाएको छ ।

भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ । उद्धारका लागि ३०० भन्दा बढी प्रहरी र क्षेत्रीय अग्नि तथा उद्धार सेवाका ३४७ जनशक्ति परिचालन गरिएको छ ।

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार १२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । प्रभावित क्षेत्रमा एक हजार अस्थायी आवास, तीन हजारभन्दा बढी पाल, खाट, सिरक र न्यानो कपडालगायत राहत सामग्री पठाइएको छ ।

भूकम्पका कारण केही क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका छन् । भूकम्पले क्षति पुर्‍याएका वा चर्किएका घर परकम्पका कारण भत्किन सक्ने जोखिम रहेको भन्दै अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् । चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार भूकम्पपछि ४१३ परकम्प रेकर्ड गरिएका छन् ।

तिब्बत भूकम्पीय जोखिम भएको क्षेत्र हो । यसअघि सन् २०२५ जनवरीमा तिब्बतको टिङ्ग्री काउन्टीमा गएको भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
12h ago
उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

२७ कात्तिक, इस्लामावाद (रासस/एपी)। उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ । बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा …

#उत्तरी #जनाको #मृत्यु
Compare →
Hamro Patro News
13h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचो...

#जनाको #मृत्यु #घाइते
Compare →
Arthasansar
15h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु #घाइते
Compare →
Nagarik News
15h ago
गिनीमा सुन खानी विवादमा १० जनाको मृ’त्यु, १३ घाइते

गिनीमा सुन खानी विवादमा १० जनाको मृ’त्यु, १३ घाइते

प्रतिबन्धपछि सुरक्षा बलले सुन खानीमा काम गर्न आएका दशौँ हजार विदेशी नागरिकलाई क्षेत्रबाट निष्कासन गरेको छ।

#जनाको #घाइते
Compare →

Related Stories

Science & Climate
Build #2611