चाडपर्वमा नयाँ लुगा किन्ने चलन र फास्ट फेसनको मोहले कपडाजन्य फोहोर बढ्दै गएको छ । केही पटक मात्रै लगाइएका वा प्रयोग नै नभएका कपडा थन्क्याउने र फाल्ने प्रवृत्तिले सहरमा फोहोरको समस्या थप जटिल बनाएको छ ।
काठमाडौँ — तपाईंको दराजमा कतिपय यस्ता लुगाहरू होलान्, जो दुई-चार पटक मात्र लगाइएका छन्। कतिपयको त ट्यागसमेत निकालिएको छैन होला, अनि कतिपय लुगा त पुरानो भयो वा फेसन गयो भनेर वर्षौँदेखि नलगाई एकै ठाउँमा थन्क्याएर राखिएका पनि हुन सक्छन्।
हामी हरेक अवसर र पर्वका बेला नयाँ लुगा त भित्र्याउँछौँ, हाम्रा यस्तै साना-साना खरिद व्यवहार र फास्ट फेसनको मोहले हाम्रा सहरहरूमा कपडाजन्य फोहोरको चाप सोचेभन्दा निकै विकराल र भयावह बन्दै गएको छ।
कान्तिपुर टेलिभिजनको भिडियो रिपोर्ट ।
कृपाल गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।