बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगलामा बम विस्फोट गराउने धम्की आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। शुक्रबार प्राप्त धम्कीपूर्ण इमेलमा बच्चनको निवाससँगै मुम्बईका मेयरको कार्यालय, केही विद्यालय र गायक दिलजीत दोसाँझको आगामी कन्सर्टलाई समेत निशाना बनाउने उल्लेख छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्स (बीकेसी) क्षेत्रमा रहेको एउटा विद्यालयमा पनि धम्कीपूर्ण इमेल प्राप्त भएको थियो। त्यस्तै, मुम्बईकी मेयर रितु तावडेको कार्यालयमा पठाइएको इमेलमा बच्चनको घर र दिलजीतको कन्सर्टमा आक्रमण गर्ने चेतावनी दिइएको थियो। घटनापछि मुम्बई प्रहरी र सुरक्षा निकायले अनुसन्धान तथा सुरक्षा जाँच तीव्र पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )