Trending
Prev Story
Next Story

बाँकेमा एयर पेस्तोलसहित एक जना पक्राउ

Ekantipur •
October 23, 2026 • 01:00 PM
1
1 reads 0 reactions

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ टिटिरिया निवासी २८ वर्षीय सन्दीप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा एयर पेस्तोलसहित एक जना पक्राउ

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ टिटिरिया निवासी २८ वर्षीय सन्दीप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगन्ज — एयर पेस्तोलसहित बाँकेमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ टिटिरिया निवासी २८ वर्षीय सन्दीप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

त्यही स्थानका २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा विवादका क्रममा एयर पेस्तोल देखाएर ज्यान लिने धम्की दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चौधरी र थारुबिच विवाद भएपछि उक्त विवाद भइरहेका बेला मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाएर थारुलाई ज्यान लिने धम्की दिएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौली, बाँकेबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
घरको हावा सफा राख्ने एयर प्युरिफायरकै फिल्टर फोहोर भए के हुन्छ ? जान्नुहोस् फेर्ने सही समय

घरको हावा सफा राख्ने एयर प्युरिफायरकै फिल्टर फोहोर भए के हुन्छ ? जान्नुहोस् फेर्ने सही समय

काठमाडौं । घरभित्रको हावा स्वच्छ र स्वस्थ राख्न एयर प्युरिफायरको प्रयोग बढ्दै गएको छ । विशेष गरी धुलो, धुवाँ तथा वायु प्रदूषणबाट बच्न यसको प्रयोग उपयोगी मानिन्छ । तर, एयर प्युरिफायरले प्रभावकारी रू...

#एयर
Compare →

Related Stories

Business & Economy
Build #2611