Trending
Prev Story
Next Story

नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान चलाउने

Ekantipur •
October 23, 2026 • 12:47 PM
1
1 reads 0 reactions

पुष्पकमल दाहाल र माधवकुमार नेपालले काठमाडौंको पेरिसडाँडाबाट उद्घाटन गर्ने अभियान मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।

नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान चलाउने

पुष्पकमल दाहाल र माधवकुमार नेपालले काठमाडौंको पेरिसडाँडाबाट उद्घाटन गर्ने अभियान मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

सरकारको कार्यशैलीलाई लिएर विरोध जनाउँदै आएको नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार नेकपाले भोलिदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सञ्चालन गर्न लागेको हो ।

अभियानको भोलि काठमाडौंमा उद्घाटन हुने नेकपाले जनाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा अभियानको उद्घाटन गर्ने तय भएको छ ।

नेकपाले जागरण अभियान समापनपछि पुस ११ गते देशभरका सम्पूर्ण वडास्तरका अधिवेशन र माघ १५ गते पालिकाहरूमा एकै दिन पालिकास्तरीय अधिवेशन गर्ने तयारीसमेत गरेको छ ।

स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गरिने उक्त पार्टीका नेताहरूले बताउँदै आएका छन् । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भएर नेकपा बनेपछि तदर्थ कमिटीको भरमा पार्टी सञ्चालन हुँदै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
6h ago
नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

२७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राष्ट्रिय मुद्दाहरूमासँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता पौडेलले देशमा रहेका नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय, …

#नेकपा #काठमाडौं
Compare →
Hamro Patro News
9h ago
ओली-प्रचण्ड आन्दोलनमा उत्रिए के गर्छन् गगन ?

ओली-प्रचण्ड आन्दोलनमा उत्रिए के गर्छन् गगन ?

वामपन्थी दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चाडपर्वपश्चात् सरकारविरुद्ध आन्दोलन ‘चेतावनी’ दिँदै आएका छन् । यता, प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले भने सडक संघर्षलाई ...

#प्रचण्ड #नेकपा
Compare →

Related Stories

Politics & Governance
Build #2611