राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने व्यक्तिगत तथा धार्मिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । कारागारमा रहँदा गरेको भाकल पूरा गर्न धार्मिक स्थलमा पूजाअर्चना गर्न भारत जान लागेको उहाँले बताउनुभयो।
शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका लामिछाने पत्नी निकिता पौडेलसहित कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत जानुभएको हो । धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफ्नो भ्रमण पारिवारिक र धार्मिक उद्देश्यमा केन्द्रित रहेको बताउनुभयो।
Read full story at source ( gorkhapatraonline.com )