Trending
Prev Story
Next Story

हेटौँडामा घरभित्रै श्रीमान् मृ*त, श्रीमती घाइते अवस्थामा फेला

Nagarik News •
October 23, 2026 • 08:11 AM
1
1 reads 0 reactions

प्रारम्भिक विवरणअनुसार श्रीमान्–श्रीमतीबीच विवाद भएको र त्यसपछि फोन सम्पर्क हुन नसकेको खबर महिलाको माइती पक्षबाट पुरुषकी दिदी भवानी महतलाई पुगेको थियो।

हेटौँडामा घरभित्रै श्रीमान् मृ*त, श्रीमती घाइते अवस्थामा फेला

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ भावना मार्गमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् भने उनकी श्रीमती घाइते अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान करिब १ः४५ बजे ४५–४६ वर्षीय शंकर कार्की घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनकी ४० वर्षीया श्रीमती चरिमाया कार्की भान्साकोठामा घाइते अवस्थामा फेला परेकी थिइन्।

प्रारम्भिक विवरणअनुसार श्रीमान्–श्रीमतीबीच विवाद भएको र त्यसपछि फोन सम्पर्क हुन नसकेको खबर महिलाको माइती पक्षबाट पुरुषकी दिदी भवानी महतलाई पुगेको थियो। त्यसपछि उनी भाइको घरमा पुग्दा घरको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा भेटिएको थियो।

शंका लागेपछि स्थानीयलाई खबर गरिएको र स्थानीयमार्फत प्रहरीलाई जानकारी पुगेको थियो। प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीय तथा मृतकका दिदीभिनाजुको रोहबरमा दोस्रो तलामा रहेको घरको ढोका फोडेर हेर्दा शंकर झुण्डिएको अवस्थामा र उनकी श्रीमती घाइते अवस्थामा फेला परेकी थिइन्।

घाइते चरिमायाको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको र उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो। थप उपचारका लागि उनका छोराले चितवन लगेका छन्।

प्रहरीका अनुसार घटनास्थलमा रगत लागेको अवस्थामा ढुङ्गाको लोहोरो र इँटा फेला परेका छन्। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा टोली खटिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको टोलीले पनि घटनास्थल तथा अस्पतालमा आवश्यक अनुसन्धान गरेको छ।

घटनास्थल सुरक्षित राखी आवश्यक मुचुल्का तयार गर्ने तथा शवलाई सरकारी अस्पताल लैजाने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

घटना हुँदा घरमा श्रीमान्–श्रीमती मात्रै रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनाको कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ६ कार्तिक २०८३ १३:५६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला

श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला

२६ कात्तिक, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको परिसरभित्र एक जनाको शव फेला परेको छ । तीन दिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक फेला परेको हो …

#फेला #परे #श्रीमती
Compare →
Hamro Patro News
1d ago
भीमफेदी दुर्घटना अपडेट :  १० जनाको मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै

भीमफेदी दुर्घटना अपडेट : १० जनाको मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै

काठमाडौं - मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको ईभी गाडी दुर्घटनामा घाइते भएका ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका १० जनामध्ये चार जनाको शव जिल्ला अस्पत...

#घाइते #हेटौँडा
Compare →
Ekantipur
4h ago
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

#घाइते
Compare →

Related Stories

World News
Build #2611