Trending
Prev Story
Next Story

जब शिक्षकको माग राखेर विद्यार्थी नगरपालिका कार्यालयमै पढ्न थाले…

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
0
0 reads 0 reactions

१० मंसिर, काठमाडौं । अछामको कमलबजार नगरपालिका–२ स्थित शक्ति माध्यमिक विद्यालयका विद्यार्थी बिहीबार बिहान विद्यालयको कक्षामा हुनुपर्ने हो । तर, कक्षा सुरु हुने समयमा उनीहरू नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगे । त्यहिँ किताब झिकेर पढ्न …

जब शिक्षकको माग राखेर विद्यार्थी नगरपालिका कार्यालयमै पढ्न थाले…

१० मंसिर, काठमाडौं । अछामको कमलबजार नगरपालिका–२ स्थित शक्ति माध्यमिक विद्यालयका विद्यार्थी बिहीबार बिहान विद्यालयको कक्षामा हुनुपर्ने हो ।

तर, कक्षा सुरु हुने समयमा उनीहरू नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगे । त्यहिँ किताब झिकेर पढ्न थाले । कक्षा कोठामा पढाउने शिक्षक नभएपछि उनीहरू नगरपालिकाको कार्यालयमा पुगेका थिए ।

‘शिक्षकको माग राखेर विद्यार्थी नगरपालिकामा गएका हुन् । कक्षा ५ भन्दा माथिल्लो कक्षामा पढाउने शिक्षक हुनुहुन्न,’ विद्यालयका प्रधानाध्यापक कमल भण्डारीले भने ।

उनका अनुसार विद्यालयमा ९ कक्षासम्मका विद्यार्थी छन् । तर पढाउने शिक्षक छैनन् ।

‘प्राविको स्थायी दरबन्दी एक जना, राहत दरबन्दी दुई जना र एउटा बालिविकासको हुनुहुन्छ,’ उनले थपे, ‘निमावि अनुदानको एक जना हुनुहुन्छ । नगरको ५ जना शिक्षक हुनुहुन्थ्यो, तर नगरपालिकाले हटाइदियो ।’

नगर शिक्षक हटाएपछि माथिल्लो कक्षामा पढाउने शिक्षक नभएको उनले बताए । उनका अनुसार पाँचभन्दा माथिल्लो कक्षामा पढाउने एक जना मात्रै शिक्षक छन् ।

‘बाल विकाससहित अहिले पाँच जना मात्र शिक्षक हुनुहुन्छ,’ उनले भने, ‘नगरले हामी शिक्षक राख्दैनौ भनेपछि समस्या भएको हो  ।’

शिक्षकको माग राखेर गएका एक विद्यार्थी घाइतेसमेत भएका छन् ।

तर, नगरपालिकाले भने शिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाउन विद्यालयलाई भनेको बताएको छ ।

प्रक्रिया अगाडि बढाउनुको सट्टा बदनाम गराउने उद्देश्यले विद्यार्थीलाई नगरपालिकामा आन्दोलन गर्न पठाएको नगर प्रमुख यज्ञप्रसाद ढकालले आरोप लगाए ।

‘दुई जना शिक्षकले छोड्नु भएको रहेछ । पालिकाको सहयोगमा मावि चलाएको हो,’ उनले भने, ‘विद्यालयलाई निर्णय गरेर पालिकामा निवेदन दिन भनेका छौँ । तर विद्यार्थीलाई प्रयोग गरेर आन्दोलन गरियो ।’

महालेखाले पनि विकास बजेटबाट शिक्षक कर्मचारीलाई तलब नखुवाउन समेत गराएको बताउँदै नगर प्रमुख ढकालले नगरले बजेट व्यवस्था गर्ने बताए ।

नगरले कुनै व्यवस्था गरेर भएपनि शिक्षक राख्ने उनले बताए । तर विद्यालयका प्रधानाध्यापकले कलिला बालबालिका पठाएर तोडफोड गरेको आरोप लगाउँदै उनले त्यस विषयमा छानबिन गरिने बताए ।

‘नगरमा तोडफोड भएको छ । विद्यार्थी पठाउनेलाई कारबाही गर्ने अवस्था आएको छ,’ नगरप्रमुख ढकालले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3d ago
गुलरिया नगरपालिकाका सबै विद्यालयमा आज शोक बिदा

गुलरिया नगरपालिकाका सबै विद्यालयमा आज शोक बिदा

गुलरिया नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई सोमबार शोक बिदा दिने आइतबार निर्णय गरेको हो ।

#नगरपालिका #विद्यालय
Compare →
Nagarik News
5d ago
आँखा शिविरबाट १४ सयले लिए सेवा, १५० जनामा मोतियाविन्दु भेटियो

आँखा शिविरबाट १४ सयले लिए सेवा, १५० जनामा मोतियाविन्दु भेटियो

आँखा शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका तथा सर्वसाधारणले आँखा परीक्षण र उपचारको अवसर पाएका हुन्।

#शिक्षक #विद्यार्थी
Compare →
Hamro Patro News
5d ago
सुदूरपश्चिम सरकारले ९ विद्यार्थीलाई एमबीबीएसमा छात्रवृत्ति दिने

सुदूरपश्चिम सरकारले ९ विद्यार्थीलाई एमबीबीएसमा छात्रवृत्ति दिने

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले शैक्षिक सत्र २०८३/८४ का लागि ९ जना विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले छात्रवृत्ति कार्य...

#विद्यार्थी
Compare →
Bizshala
2d ago
एनआईसी एशिया बैंकद्वारा बाजुराको दुर्गम विद्यालयका विद्यार्थीलाई पोसाक सहयोग

एनआईसी एशिया बैंकद्वारा बाजुराको दुर्गम विद्यालयका विद्यार्थीलाई पोसाक सहयोग

काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाजुरा जिल्लाको एक दुर्गम विद्यालयका...

#विद्यालय #विद्यार्थी
Compare →

Related Stories

Education & Youth
Build #2639