Trending
Prev Story
Next Story

नाडेप लघुवित्तद्वारा बिर्तामोडमा कर्जा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

Bizshala •
November 25, 2026 • 01:10 PM
6
6 reads 0 reactions

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले झापाको बिर्तामोडमा कर्जा व्यवस्थापनसम्बन्धी तालिम तथा समीक्षा...

नाडेप लघुवित्तद्वारा बिर्तामोडमा कर्जा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले झापाको बिर्तामोडमा कर्जा व्यवस्थापनसम्बन्धी तालिम तथा समीक्षा गोष्ठी सम्पन्न गरेको छ।

धादिङको धुनिवेशी नगरपालिका–६ धार्केमा केन्द्रीय कार्यालय रहेको संस्थाले मंसिर ९ गते बिर्तामोड इलाकाअन्तर्गतका सम्पूर्ण शाखा प्रमुखहरूको सहभागितामा ‘डेलिन्क्वेन्सी म्यानेजमेन्ट ट्रेनिङ एन्ड रिभ्यु वर्कसप’ आयोजना गरेको हो।

कार्यक्रममा सहभागी शाखा प्रमुखहरूले २०८३ कात्तिक मसान्तसम्मको लक्ष्य तथा प्रगति विवरण प्रस्तुत गरेका थिए।

तालिममा भाखा नाघेको कर्जाको व्यवस्थापन तथा नियन्त्रण, शाखा प्रमुखहरूको भूमिका र जिम्मेवारी, प्रभावकारी ग्राहक सम्बन्ध, कर्जा विश्लेषण, आम्दानी–खर्च विश्लेषण, किस्ता निर्धारण तथा उपयुक्त परियोजना छनोटलगायतका विषयमा प्रशिक्षण दिइएको थियो।

त्यसैगरी, सन नेपाल लाइफ इन्स्योरेन्समार्फत ग्राहक सदस्यहरूको बीमा सुविधा, निष्क्रिय कर्जा तथा शाखाहरूले सामना गरिरहेका समस्या र चुनौतीका विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा संस्थाका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद आचार्य, ऋण लगानी तथा ग्राहक संरक्षण विभागका प्रमुख मनीषकुमार चालिसे, योजना, नीति तथा तालिम विभागका प्रमुख गोवर्धन आचार्य र बिर्तामोड इलाका प्रमुख प्रदीपकुमारले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

संस्थाका अनुसार हाल ५६ जिल्लामा ८८ शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म संस्थाले करिब ७६ हजार २७९ घरपरिवारमा सेवा विस्तार गरेको छ।

सो अवधिसम्म संस्थाको लगानीमा रहेको कर्जा ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने ग्राहक सदस्यहरूको बचत परिचालन २ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।

कार्यक्रममा ऋण लगानी तथा ग्राहक संरक्षण विभागका प्रमुख चालिसेले सहभागीहरूलाई स्वागत गरेका थिए भने योजना, नीति तथा तालिम विभागका प्रमुख आचार्यले तालिमको उद्देश्यमाथि प्रकाश पारेका थिए।

तालिमको समापनमा भद्रपुर शाखा प्रमुख कृष्णप्रसाद दाहाल र धुलाबारी शाखा प्रमुख रामनरेश महतोले कार्यक्रमको मूल्यांकन प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापन वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद आचार्यले गरेका थिए भने सञ्चालन बिर्तामोड इलाका प्रमुख प्रदीपकुमारले गरेका थिए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
‘नर्सलाई अङकोलोजी नर्सिङ तालिम आवश्यक छ’

‘नर्सलाई अङकोलोजी नर्सिङ तालिम आवश्यक छ’

क्यान्सरका बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान र उपचारका लागि नर्सहरूलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक रहेका विज्ञहरूले जोड दिएका छन्।

#तालिम
Compare →
Ekantipur
2d ago
सुनचाँदीको मूल्य घटेपछि ऋणी तनावमा, धितोमा एक खर्ब २९ अर्बको कर्जा प्रवाह

सुनचाँदीको मूल्य घटेपछि ऋणी तनावमा, धितोमा एक खर्ब २९ अर्बको कर्जा प्रवाह

बैंकर भन्छन्– ‘ऋणीहरूले अब कि धितो थप्नुपर्छ कि कर्जा घटाउनुपर्छ’

#कर्जा
Compare →
Onlinekhabar
5d ago
बैंकहरूलाई ‘आयोजना कर्जा’ प्रवाहमा कानुनी सहजीकरण, जरिबाना तिरेका सीईओ अयोग्य नहुने

बैंकहरूलाई ‘आयोजना कर्जा’ प्रवाहमा कानुनी सहजीकरण, जरिबाना तिरेका सीईओ अयोग्य नहुने

४ मंसिर, काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थालाई परियोजनामा आधारित कर्जा लगानी गर्न कानुनी असहजता हटाउने भएको छ । सरकारले लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश मार्फत परियोजना कर्जाको स्पष्ट व्यवस्था …

#कर्जा
Compare →
Hamro Patro News
6d ago
आत्मनिर्भर बनाउन किशोरीलाई उद्यम तालिम

आत्मनिर्भर बनाउन किशोरीलाई उद्यम तालिम

मधेशका किशोरीहरुले पढाइका साथै बचेको समयमा सिकेका सिप प्रयोग गरी व्यवसायबाट आयआर्जन गर्न सकिने र आत्मनिर्भर बनाउन सकिने उद्देश्यले धनुषाका पाँच पालिकाका कक्षा ८ देखि कक्षा १० मा अध्यनरत्त रहेका २६ ...

#तालिम
Compare →

Related Stories

Business & Economy
Build #2625