Trending
Prev Story
Next Story

मलेसिया एयरलाइन्सले १० वटा बोइङ विमान खरिद गर्ने

Ekantipur •
November 25, 2026 • 11:02 AM
7
7 reads 0 reactions

ड्रीमलाइनर विमानले कम्पनीको दीर्घकालीन विस्तारका लागि आवश्यक क्षमता, सञ्चालन लचकता र इन्धन दक्षता प्रदान गर्ने मलेसिया एभिएसन ग्रुप (एमएजी) का अध्यक्ष नसरुद्दीन ए बकरले बताए

मलेसिया एयरलाइन्सले १० वटा बोइङ विमान खरिद गर्ने

ड्रीमलाइनर विमानले कम्पनीको दीर्घकालीन विस्तारका लागि आवश्यक क्षमता, सञ्चालन लचकता र इन्धन दक्षता प्रदान गर्ने मलेसिया एभिएसन ग्रुप (एमएजी) का अध्यक्ष नसरुद्दीन ए बकरले बताए

काठमाडौँ — मलेसिया एयरलाइन्सले आफ्नो विमान बेडा आधुनिकीकरण गर्दै लामो दूरीको उडान क्षमता विस्तार गर्न १० वटा बोइङ ७८७–१० ड्रीमलाइनर विमान खरिद गर्ने घोषणा गरेको छ ।

सम्झौताअनुसार थप छवटा विमान खरिद गर्न सक्ने विकल्पसमेत कम्पनीलाई उपलब्ध हुनेछ ।मलेसिया एयरलाइन्सको मूल कम्पनी मलेसिया एभिएसन ग्रुप (एमएजी) का अध्यक्ष नसरुद्दीन ए बकरले बुधबार क्वालालम्पुरमा विमान खरिदसम्बन्धी जानकारी दिएका हुन् ।

उनका अनुसार विस्तृत मूल्याङ्कनपछि ड्रीमलाइनर विमानलाई छनोट गरिएको हो । यसले कम्पनीको दीर्घकालीन विस्तारका लागि आवश्यक क्षमता, सञ्चालन लचकता र इन्धन दक्षता प्रदान गर्ने उनले बताए ।

सम्झौताको वास्तविक मूल्य सार्वजनिक गर्न अस्वीकार गर्दै अध्यक्ष बकरले यसलाई एमएजी र बोइङबीचको व्यावसायिक कारोबार बताए ।

यद्यपि, थप छुटअघि १६ वटा विमान र तिनका इन्जिनको सूची मूल्य करिब नौ अर्ब ३० करोड अमेरिकी डलर रहेको उहाँले जानकारी दिए ।

विमान निर्माता कम्पनीहरूले ग्राहकलाई दिने छुटका कारण वास्तविक खरिद मूल्य फरक पर्ने भएकाले पछिल्लो समय सूची मूल्य सार्वजनिक गर्न छाडेका छन् ।

करिब ३३० यात्रु बोक्न सक्ने बोइङ ७८७–१० ले एयरबस ए३५०–९०० र ए३३०–९०० नियोसँग प्रतिस्पर्धा गर्नेछ ।

मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव र इन्धन दक्षताको आवश्यकताबीच अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले विमान बेडा आधुनिकीकरण गरिरहेका बेला मलेसिया एयरलाइन्सको यो घोषणा आएको हो ।

एमएजीले गत वर्ष मार्चमा ३० वटा बोइङ ७३७–८ र ७३७–१० विमान खरिद गर्ने घोषणा गरेको थियो ।

अध्यक्ष बकरले नयाँ विमान छनोट यस दशकमा मलेसिया एयरलाइन्सका लागि सबैभन्दा महत्त्वपूर्ण विमान बेडा विस्तारसम्बन्धी निर्णयमध्ये एक भएको बताए । यसबाट खरिद गरिने विमानले आगामी दशकसम्म यात्रुलाई सेवा प्रदान गर्ने उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4h ago
मलेसिया एयरलाइन्सले १० वटा बोइङ विमान खरिद गर्ने

मलेसिया एयरलाइन्सले १० वटा बोइङ विमान खरिद गर्ने

मलेसिया एयरलाइन्सले १० वटा बोइङ विमान खरिद गर्ने ड्रीमलाइनर विमानले कम्पनीको दीर्घकालीन विस्तारका लागि आवश्यक क्षमता, सञ्चालन लचकता र इन्धन दक्षता प्रदान गर्ने मलेसिया एभिएसन ग्रुप (एमएजी) का अध्य...

#विमान #मलेसिया #एयरलाइन्स
Compare →
Onlinekhabar
5d ago
भारतमा हवाई यात्रुको चाप, २ हजार बढी विमान खरिदको तयारी

भारतमा हवाई यात्रुको चाप, २ हजार बढी विमान खरिदको तयारी

४ मंसिर, काठमाडौं । भारतमा हवाई यात्रुको संख्या बढ्दै जाँदा विमानको माग पनि तीव्र रूपमा बढेको छ । यसबीचमा भारतीय एयरलाइन्सले १ हजार २०० भन्दा बढी विमान खरिदको अर्डर दिइसकेका छन् । तर, आगामी वर्षहरूमा …

#विमान #खरिद
Compare →
Bizshala
1d ago
आज सर्वाधिक कारोबार टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

आज सर्वाधिक कारोबार टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । सोमबार सेयरबजारमा ३ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर...

#खरिद #वटा
Compare →
Nagarik News
13h ago
कैलालीबाट १५ हजार ८५२ क्विन्टल धान खरिद

कैलालीबाट १५ हजार ८५२ क्विन्टल धान खरिद

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद उपकेन्द्रमार्फत किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ।

#खरिद
Compare →
Arthasansar
5d ago
विद्यतु खरिद सम्झौताको प्रारूप : हाललाई स्थगित, पीपीएको विषय इप्पानसँग छलफल गरेर मात्रै अघि बढाइने

विद्यतु खरिद सम्झौताको प्रारूप : हाललाई स्थगित, पीपीएको विषय इप्पानसँग छलफल गरेर मात्रै अघि बढाइने

नेपाल विद्युत प्राधिकरणले तयार पारेको विद्यत खरिद सम्झौता (पीपीए) को प्रारुप हाललाई स्थगित भएको छ । ऊर्जा मन्त्री विरोज भक्त...

#खरिद
Compare →

Related Stories

Technology
Build #2625