Trending
Prev Story
Next Story

सुनखानीमा बाढी पस्दा २६ कामदार फसे, उद्धारमा कठिनाइ

Nagarik News •
November 25, 2026 • 08:57 AM
9
9 reads 0 reactions

बाढी खानीभित्र पस्नुअघि ११ जना कामदार भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए। खानीभित्र कामदार फसेको जानकारी प्रहरीले मंगलबार मात्र पाएको थियो।

सुनखानीमा बाढी पस्दा २६ कामदार फसे, उद्धारमा कठिनाइ

इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन्।

बुधबार लगातारको भारी वर्षाका कारण नजिकैको नदीमा पानीको सतह बढेर खानीभित्र बाढी पसेको हो। पश्चिम जाभाको बोगोर जिल्लास्थित नाङ्गुङ क्षेत्रमा रहेको खानीमा सोमबार राति भारी वर्षापछि नदीको पानी पसेको थियो।

पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोचमवानले बुधबार खानीभित्र फसेका २६ जना कामदारलाई सुरक्षित बाहिर निकाल्न संयुक्त उद्धार टोली परिचालन गरिएको जानकारी दिए।

उनका अनुसार वर्षायामको प्रतिकूल मौसम र खानीभित्र पस्ने साँघुरो मार्गका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। उद्धार टोलीले खानीको सुरुङभित्र प्रवेश गरी कामदारको खोजी तथा उद्धार गर्ने प्रयास गरिरहेको उनले बताए।

बाढी खानीभित्र पस्नुअघि ११ जना कामदार भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए। खानीभित्र कामदार फसेको जानकारी प्रहरीले मंगलबार मात्र पाएको थियो।

उक्त खानी करिब १०० मिटर गहिरो रहेको र साँघुरो बाटो तथा चिप्लो जमिनका कारण उद्धारमा कठिनाइ भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। खानीभित्र जमेको पानी निकाल्न पम्पसमेत प्रयोग गरिएको छ। तर, लगातारको वर्षा र नदीको बढ्दो जलस्तरले उद्धारमा थप समस्या सिर्जना गरेको छ।

दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियामा खानी दुर्घटना सामान्य मानिन्छन्। विशेषगरी अनुमति नलिई सञ्चालन गरिएका खानीमा सुरक्षा मापदण्ड कमजोर हुने र त्यसको पालना नहुने भएकाले यस्ता दुर्घटनाको जोखिम बढी रहने गरेको छ। एजेन्सी

प्रकाशित: ९ मंसिर २०८३ १४:४२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

९ मंसिर, जकार्ता । इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् । लगातारको भारी वर्षाका कारण नजिकैको नदीमा पानीको सतह बढेर खानीमा बाढी पसेको प्रहरीले बुधबार जनाएको छ । पश्चिम …

#कामदार #बाढी #फसे
Compare →
Ekantipur
7h ago
इन्डोनेसियाको सुन खानीमा बाढी पस्दा २६ कामदार थुनिए

इन्डोनेसियाको सुन खानीमा बाढी पस्दा २६ कामदार थुनिए

खानीको सुरुङमा पानी भरिनुअघि ११ जना कामदार भने सकुशल बाहिर निस्कन सफल भएका थिए। मंगलबार मात्रै घटनाबारे जानकारी पाएपछि संयुक्त उद्धार टोली परिचालन गरिएको छ

#कामदार #बाढी #पस्दा
Compare →
Bizshala
5h ago
बाढीले ध्वस्त जलविद्युत् आयोजना पुनर्निर्माण गर्न निजी क्षेत्र तयार, सरकारसँग माग्यो नीतिगत सहजीकरण

बाढीले ध्वस्त जलविद्युत् आयोजना पुनर्निर्माण गर्न निजी क्षेत्र तयार, सरकारसँग माग्यो नीतिगत सहजीकरण

काठमाण्डौ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि...

#बाढी
Compare →
Hamro Patro News
6h ago
बाढीको क्षतिबीच आर्थिक पुनरुत्थानको अपेक्षा, विप्रेषण, पुनर्निर्माण र आन्तरिक मागमा वृद्धिको भरोसा

बाढीको क्षतिबीच आर्थिक पुनरुत्थानको अपेक्षा, विप्रेषण, पुनर्निर्माण र आन्तरिक मागमा वृद्धिको भरोसा

काठमाडौं । नेपालको अर्थतन्त्र आगामी वर्ष प्राकृतिक विपत्तिबाट भएको क्षति र त्यसपछिको पुनर्निर्माणको अवसरबीच अघि बढ्ने देखिएको छ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोले सडक, पुल, जलविद्युत्...

#बाढी
Compare →

Related Stories

Science & Climate
Build #2625