खानीको सुरुङमा पानी भरिनुअघि ११ जना कामदार भने सकुशल बाहिर निस्कन सफल भएका थिए। मंगलबार मात्रै घटनाबारे जानकारी पाएपछि संयुक्त उद्धार टोली परिचालन गरिएको छ
काठमाडौँ — इन्डोनेसियाको जाभा टापुस्थित एक अवैध सुन खानीमा बाढी पस्दा २६ जना कामदार भित्रै थुनिएका छन्।
स्थानीय प्रहरीका अनुसार सोमबारको अविरल वर्षापछि नजिकैको नदीमा बाढी आई बोगोर जिल्लाको खुला सुन खानीमा पानी पसेको हो।
खानीको सुरुङमा पानी भरिनुअघि ११ जना कामदार भने सकुशल बाहिर निस्कन सफल भएका थिए। मंगलबार मात्रै घटनाबारे जानकारी पाएपछि संयुक्त उद्धार टोली परिचालन गरिएको छ।
पश्चिम जाभा प्रहरी प्रवक्ता हेन्द्रा रोचमावानका अनुसार निरन्तरको वर्षा र खानीको साँघुरो बाटोका कारण थुनिएका २६ जनाको उद्धारमा कठिनाइ भइरहेको छ।
खनिजले भरिपूर्ण इन्डोनेसियामा सुरक्षा मापदण्डबिना सञ्चालन हुने यस्ता अवैध खानीहरूमा दुर्घटना सामान्य मानिन्छन्।