Trending
Prev Story
Next Story

घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने

Ekantipur •
November 25, 2026 • 09:34 AM
7
7 reads 0 reactions

सडकभन्दा करिब १०० मिटर माथिबाट स्काभेटरले पहिरो हटाउँदा मंगलबार मेसिन पुरिएपछि काम अझै जोखिमपूर्ण र सुस्त बनेको छ।

घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने

सडकभन्दा करिब १०० मिटर माथिबाट स्काभेटरले पहिरो हटाउँदा मंगलबार मेसिन पुरिएपछि काम अझै जोखिमपूर्ण र सुस्त बनेको छ।

चितवन — पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभीरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएकाकारण काम गर्न कठिन भएकाले समय बढी लागेको हो ।

गत शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्ने काम भइरहेको छ । उनले भने,'थप समस्या आएन भने अबको तीन दिनमा काम सक्ने लक्ष्य छ ।'

माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सवारी रोकेर काम गरिएको छ ।

निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकबाट झण्डै १०० मिटर माथि डाँडामा मेसिन लगेर अहिले काट्ने काम भइरहेको छ । निकै जोखिमपूर्ण काम भएकाले प्रगति ढिलो भएको उनले बताए ।

मङ्गलबार मात्रै पनि माथिल्लो ढिस्को खसेर एक्साभेटर पुरेको थियो । पहिरो पन्छाएर पुनः स्काभेटरले काम गरिरहेको उनले जानकारी दिए । मिलेसम्म थप एउटा मेसिन माथि डाँडामा पठाउने तयारी गरिएको उनले बताए।

यस्तै सडक बन्द भएको समयमा चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा समेत सडक चौडा गर्न थालिएको छ । सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने भएकाले दुबै ठाउँमा स्काभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
घोप्टेभीरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

घोप्टेभीरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभीरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ । नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्र...

#घोप्टेभीर #पहिरो #रोकथाम
Compare →
Onlinekhabar
4d ago
घोप्टेभिरमा जोखिमपूर्ण भाग झार्न अझै तीन दिन लाग्ने

घोप्टेभिरमा जोखिमपूर्ण भाग झार्न अझै तीन दिन लाग्ने

९ मंसिर, चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएकाकारण काम …

#जोखिमपूर्ण #भाग #लाग्ने
Compare →
Nagarik News
3d ago
घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ।

#जोखिमपूर्ण #भाग
Compare →
Bizshala
5d ago
सुन–चाँदीको मूल्यमा पहिरो, फर्कियो एक वर्ष अगाडिको अवस्थामा

सुन–चाँदीको मूल्यमा पहिरो, फर्कियो एक वर्ष अगाडिको अवस्थामा

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्यमा पहिरो गएको छ। पछिल्ला केही दिनयता निरन्तर घट्दै गएको सुनको...

#पहिरो
Compare →

Related Stories

National (Nepal)
Build #2625