Trending
Prev Story
Next Story

हायात प्लेस बुटवलको पहिलो वार्षिकोत्सव

Nagarik News •
November 25, 2026 • 07:49 AM
9
9 reads 0 reactions

पहिलो वर्षमै होटलले ग्लोबल टुरिजम एक्सिलेन्स अवार्ड २०२६, एचसिबिए नेपालको उत्कृष्ट होटल २०२६ र उत्कृष्ट गन्तव्य विवाह स्थल २०२६ को अवार्ड प्राप्त गरेको छ।

हायात प्लेस बुटवलको पहिलो वार्षिकोत्सव

हायात प्लेस बुटवलले सञ्चालनको पहिलो वर्ष पूरा गरेको छ।

सन् २०२५ मा सेवा सुरु गरेको होटलले पहिलो वार्षिकोत्सव मनाउँदै एक वर्षमा पर्यटन, व्यावसायिक कार्यक्रम र सामाजिक गतिविधिमा आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ। होटलले यस अवधिमा विवाह, सम्मेलन, उत्सव तथा सामाजिक जमघटका कार्यक्रम आयोजना गरेको छ। नयाँ वर्ष उत्सव, बबल बास र नेपाली नयाँ वर्ष विशेष कार्यक्रममार्फत स्थानीय समुदायसँगको सम्बन्ध विस्तार गरेको होटलले जनाएको छ।

पहिलो वर्षमै होटलले ग्लोबल टुरिजम एक्सिलेन्स अवार्ड २०२६, एचसिबिए नेपालको उत्कृष्ट होटल २०२६ र उत्कृष्ट गन्तव्य विवाह स्थल २०२६ को अवार्ड प्राप्त गरेको छ। होटलका महाप्रबन्धक तुसार नागरले एचसिबिए नेपालको उत्कृष्ट महाप्रबन्धक २०२६ को सम्मानसमेत पाएका छन्। साफ्रोन सिके प्रालिको स्वामित्वमा रहेको होटलले लुम्बिनी भ्रमणमा आउने पर्यटकसहित स्वदेशी तथा विदेशी पाहुनालाई सेवा दिँदै आएको छ।

होटलका प्रमुख कार्यकारी अधिकृत नितेश मालपानीले ग्राहक तथा स्थानीय समुदायबाट प्राप्त विश्वास र सहयोगले आगामी दिनमा सेवा विस्तार गर्न प्रेरणा मिलेको बताए। होटलले दोस्रो वर्षमा पनि पश्चिम नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १३:३४ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
सामाजिक समस्या समाधानमा प्रविधिको प्रयोग : आइसिटी अवार्ड २०२६ का शीर्ष १० नवप्रवर्तन

सामाजिक समस्या समाधानमा प्रविधिको प्रयोग : आइसिटी अवार्ड २०२६ का शीर्ष १० नवप्रवर्तन

काठमाडौं । कृषि, शिक्षा, स्वास्थ्य, वातावरण, यातायात, विपद् व्यवस्थापनदेखि सहरी सेवासम्म प्रविधिको उपयोग गर्दै सामाजिक चुनौती समाधानका लागि काम गरिरहेका १० परियोजना आइसिटी अवार्ड २०२६ को सामाजिक नव...

#२०२६ #अवार्ड
Compare →

Related Stories

World News
Build #2625