Trending
Prev Story
Next Story

पत्रकार महासंघ भक्तपुरले प्रशासन कार्यालयमा ‘सामूहिक गिरफ्तार गर’ भन्दै दियो धर्ना

Ekantipur •
November 25, 2026 • 07:03 AM
9
9 reads 0 reactions

बुधबार महासंघको जिल्ला शाखाले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित प्रदर्शन गर्दै धर्ना दिएको हो । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला तत्काल बन्द गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ ।

पत्रकार महासंघ भक्तपुरले प्रशासन कार्यालयमा ‘सामूहिक गिरफ्तार गर’ भन्दै दियो धर्ना

बुधबार महासंघको जिल्ला शाखाले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित प्रदर्शन गर्दै धर्ना दिएको हो । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला तत्काल बन्द गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ ।

भक्तपुर — पत्रकारहरूमाथि भएको सामूहिक गिरफ्तारी र धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिएको छ ।

बुधबार महासंघको जिल्ला शाखाले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित प्रदर्शन गर्दै धर्ना दिएको हो । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला तत्काल बन्द गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ ।

महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउने कार्यमा हालसम्म कारबाही नगरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ ।

त्यसैगरी गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम उपलब्ध नगराइएको विषयमा महासंघले असन्तुष्टि व्यक्त गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

विरोध कार्यक्रममा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला बन्द गर !’ भन्ने मुख्य नारासहित पत्रकारहरूले ऐक्यबद्धता जनाएका थिए । लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको स्वतन्त्र पत्रकारितामाथि राज्यपक्षबाट भइरहेको हस्तक्षेप र पत्रकारहरूलाई सामूहिक रूपमा गिरफ्तार गर्ने कार्य स्वीकार्य नहुने महासंघले स्पष्ट पारेको छ ।

विरोध कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघले देशभर आज धर्ना दिएको छ ।

सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
53m ago
पत्रकारको सामूहिक गिरफ्तारीको मागसहितको विरोध कार्यक्रमप्रति पूर्ण समर्थन छ : महेश बस्नेत

पत्रकारको सामूहिक गिरफ्तारीको मागसहितको विरोध कार्यक्रमप्रति पूर्ण समर्थन छ : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले पत्रकारहरूले देशभर गरेको विरोध प्रदर्शनप्रति समर्थन जनाएका छन्।

#पत्रकार #सामूहिक #गिरफ्तार
Compare →
Hamro Patro News
3h ago
पत्रकारहरूले दिए सामूहिक गिरफ्तारीकाे चेतावनी

पत्रकारहरूले दिए सामूहिक गिरफ्तारीकाे चेतावनी

विभिन्न मिडिया हाउसमा प्रहरीको हस्तक्षेपविरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । ‘पत्रकारलाई पटकपटक हैन, एकैपटक सामुहिक गिरफ्तार गर’ भन्दै उनीहरूले काठमाडौँ, भक्तपुर र ललितपुरको जिल्ला प्रशासन क...

#पत्रकार #सामूहिक #गिरफ्तार
Compare →
Arthasansar
2d ago
साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आग्रह

साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा...

#महासंघ
Compare →
Onlinekhabar
4d ago
यम बरालको संगीतमा पत्रकार खेम रिसालको ‘भुलेकै जाती’

यम बरालको संगीतमा पत्रकार खेम रिसालको ‘भुलेकै जाती’

काठमाडौँ । पत्रकार तथा गायक खेम रिसालले एक दशकपछि नयाँ गीत ‘भुलेकै जाती’ लिएर आएका छन् । यम बरालको शब्द तथा संगीत रहेको गीतलाई मदन केसीले एरेन्ज गरेका छन् । प्रेममा बिछोड भएपनि हार मान्नु हुँदैन …

#पत्रकार
Compare →

Related Stories

National (Nepal)
Build #2625